आजदेखि भारतमा सुरु भएको अन्डर १५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आयोजक भारतसँग नेपाल ५-० को फराकिलो अन्तरले पराजित भएको छ।
भारतको कल्यानी स्टेडियममा भएको खेलमा उपाधी लक्ष्य सहित भारत पुगेको नेपालले खराब प्रदर्शन गरेपछि उपाधी सम्भावनामा ठुलो धक्का लागेको छ।
नेपालले खेल सुरु भएको पाचौं मिनेटमा नै पहिलो गोल खाएको थियो। भारतलाई सुरुवाती अग्रता दिलाउन महेसनले पहिलो गोल गरेका थिए। यस्तै २४ औं मिनेटमा महेसनको पासमा सुभो पौलले गरेपछि भारतले २-० को अग्रता लिएको छ।
पहिलो हाफको समाप्तीमा ३-० को अग्रता लिएको भारतको लागि ४३ औं मिनेटमा तेस्रो गोल कप्तान अनिश मजुमदारले गरेका थिए।
56′ GOOAAAL! Sridarth is played through into the box, as he puts it past the keeper to score the 5th for India! ??
?? 0-5 ??
?: https://t.co/DG4smnfCNX#NEPIND ⚔ #U15SAFF ? #BackTheBlue ? #IndianFootball ⚽ pic.twitter.com/1CFo51uEVL
— Indian Football Team (@IndianFootball) August 21, 2019
दोश्रो हाफमा समेत नेपाल सम्हालिन सकेन। दोश्रो हाफको चौथो मिनेटमा नै भारतले पाएको फ्री-किकमा तैसन सिंहले गोल गर्दै अग्रता ४-० बनाएका थिए। त्यस्तै ५६ औं मिनेटमा श्रीदार्थले गोल गरेपछि भारतले खेल सहज रुपमा ५-० ले आफ्नो पक्षमा पारेको छ।
प्रतियोगितामा आयोजक भारत र नेपाल सहित श्रीलंका, भुटान र बंगलादेशको सहभागिता रहेको छ। नेपालले आफ्नो दोश्रो खेल २३ तारिखमा श्रीलंकासँग खेल्नेछ।
यस्तो छ खेलतालिका:
