पहिलो चरणबाट बाहिरियो नेपाल, प्रशिक्षक एबीङले दिए हारको कारण

माल्दिभ्ससंग सोझो सेटमा ३-० ले पराजित हुँदै नेपाल एसियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको पहिलो चरण बाटै बाहिरिएको छ। नेपाल पहिलो खेलमा किर्गिस्तानसंग ३-० को सोझो सेटले पराजित भएको थियो।

माल्दिभ्ससंग पहिलो सेटमा र दोश्रो सेटको सुरुवातमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि त्यसपछि भए खेलमा माल्दिभ्स हावी हुन पुग्यो। तेश्रो सेटमा नेपाली टिम निरिह देखिएको थियो। पहिलो सेट २२-२५ ले गुमाएको नेपालले दोश्रो सेट २१-२५ ले तथा तेश्रो खेल १४-२५ ले गुमाउन पुग्यो।

माल्दिभ्स र किर्गिस्तान समुह ‘ए’ बाट सेमीफाइनल प्रवेश गरेको छ। पहिलो खेलमा माल्दिभ्स किर्गिस्तानसंग पराजित भएको थियो जसपछि सेमीफाइनल पुग्न नेपाललाई पराजित गर्ने पर्ने थियो। नेपालको आगामी खेल पाँचौ स्थानको लागि हुनेछ। समुह ‘बि’ को तेश्रो हुने टोलिसंग नेपालको खेल हुनेछ।

नेपालीहरुको फोकस कोर्टमा थिएन  – प्रशिक्षक हान एबिङ

हामीले पहिलो सेटमा राम्रो भलिबल खेल्यौं। दोश्रो सेटमा पनि ८-४ ले अघि रहेका थियौं जसपछि धेरै गल्तिहरु गर्न पुग्यौं र लगातार ५ वटा गल्ति गर्न पुग्यौं। तेश्रो सेटमा हाम्रा खेलाडीहरुको ध्यान खेलमा थिएन। यस्तो अब दोहोरिनु हुँदैन। यसबारे हामि छलफल गर्नेछौँ। नेपाल अघि बढ्न अझ धेरै यस्तो खालको खेलको आवस्यकता रहेको छ।

हाम्रो खेलाडीहरुको मानसिक स्थिरता पर्याप्त छैन। उनीहरुको फोकस कोर्टमा छैन। यो २ घण्टाको खेल हो र तपाईको ध्यान पूर्णत खेलमै हुनुपर्छ। हामी मानसिक रुपमा अझ केन्द्रित हुनुपर्छ। अझै पाँचौ स्थानको लागि खेल्न बाँकी रहेको छ जुन खेलमा अर्को अवसर छ।

२ महिनाको अभ्यासमा हामीले १ महिना अभ्यास खेल खेल्न पाएको भए कमजोरी सच्याउने मौका पाउने थियौं। यति ठुलो प्रतियोगिताको लागि पहिले देखि कदम चाल्नुपर्ने थियो। माल्दिभ्सले ६ महिना देखि तयारी गरिरहेको छ र धेरै खेलहरु खेलेको छ जुन क्रममा श्रीलंकालाई आफ्नै घरमा बोलाएर खेल्यो।

मानबहादुर नभएर हारेको हैन, उनको स्तर उत्कृस्ट छैन – ईम राना मगर ( कप्तान ) 

मानबहादुरको खेल पछिल्लो समय उत्कृस्ट स्तरको छैन। भर्खरी भएको प्रधानसेनापति कपमा आर्मीकै खेलमा पनि मानबहादुर बेन्कोचमा बसेर उनको ठाउँमा अर्को खेलाडी खेलेको छ। हो पछिल्लो प्रतियोगितामा मानबहादुरले राम्रो प्रदर्शन गर्यो होला तर पछिल्लो समयमा उनि टिममा नभई नहुने खालको छैनन्। आठौँ खेल्न छोडी छोडी उनि जापान खेल्न गए, उनलाई हामीले पठाएको त हैननी। उनलाई नेपालबाट खेल्न मन थियो भने त जापान भन्दा त यहाँ छनौट खेल खेल्नु पर्थ्यो। दर्शकहरुको माग भयो होला , पहिलोको खेल राम्रो थियो तर म के भन्छु भने अहिले मानबहादुर नभएर कमजोर खेलेको चै हैन।

२ महिना हामीले अभ्यास त गर्यौं तर त्यो अबधि त टिम सेटिंगलाईनै पर्याप्त समय हैन। त्यो समयमा पनि अन्य मैत्रीपूर्ण अभ्यास खेल खेल्न पाएको भए पनि हुन्थ्यो।

२०७६ भाद्र ४, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment