भारतीय टिमको प्रायोजकमा पुनः पेटिएम , प्रति खेल ३.८० करोड भारुको प्रायोजन

५ वर्षको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईको भारतमा हुने अन्तर्राष्ट्रिय र घरेलु खेलहरुको प्रायोजन पुनः मोबाइल इ-वालेट कम्पनि पेटिएमले गर्ने भएको छ।

आज भएको रेकर्ड सम्झौता अनुसार पेटिएमले प्रति खेल ३.८० करोड भारतीय रुपैयाँ भारतीय बोर्डलाई दिनेछ। २०१५ देखि १९ सम्मको सम्झौता पनि पेटिएमसंग रहेको थियो।

२०१९ देखि २३ सम्म पेटिएमले बिसीसीआईलाई ३२६.८ करोड भारतीय रुपैयाँ दिनेछ। यस अघिको सम्झौताअ पेटिएमले २०३.२८ करोड भारु दिएको थियो। यो पटक सम्झौता रकम ५८ प्रतिशतले बढेको हो।

२०७६ भाद्र ४, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment