मेस्सीको कारण आफु राम्रो फुटबलर बनेको रोनाल्डोको भनाइ, मेस्सीसंग डिनर खान कुनै समस्या छैन

रोनाल्डो र मेस्सी दशक भन्दा बढी समय उत्कृस्ट फुटबलर हुने रेसमा थिए। दुवै खेलाडीले गरि कुल १० वटा बालोन डी’ ओर अवार्ड जित्न सफल रहे। २०१८ मा त्यो रेसलाई अन्त्य गर्दै लुका मोड्रीचले उत्कृस्ट अवार्ड जिते।

दुइ स्टार खेलाडी ला लिगाको हेडलाइनमा दशकसम्म रहीरहे। रोनाल्डोले २००९ देखि २०१८ सम्म रियल म्याड्रिडको प्रतिनिधित्व गरे जसपछि गत वर्ष जुभेन्टस पुगे। यो अवधिमा बार्सिलोनाले ६ वटा र म्याड्रिडले २ वटा उपाधि जित्न सफल रह्यो।

खेल जीवनमा जतिनै प्रतिस्पर्धी रहे पनि रोनाल्डोले मेस्सी र आफु बीच सम्मान भाव रहेको बताएका हुन्।

“म साच्चै उनको करियरको प्रसंशा गर्छु। उनको तर्फबाट उनले बताइसकेका छन् कि मैले स्प्यानिस लिग छोड्दा उनमा रिक्तता अनुभव भएको थियो। किनकि उनले पनि हामि बीचको प्रतिस्पर्धाको सम्मान गर्नेगर्छन्।” जुभेन्टस फरवार्डले पोर्चुगलको एक टेलिभिजनसंगको कुराकानीमा बताए।

“फुटबलमा प्रतिद्वन्दी हुनु राम्रो कुरा हो तर यो अपवाद हैन। माइकल जोर्डनसंग पनि बास्केटबलमा प्रतिद्वन्दी थिए। एर्टन सिना र अलेन प्रोस्ट फर्मुला-१ मा ठुलो प्रतिस्पर्धी थिए। सबै ठुलो प्रतिद्वन्दीहरु बीच एउटा समानता हुन्छ त्यो हो स्वस्थ प्रतिस्पर्धा”

“मेस्सीले मलाई राम्रो खेलाडी बनाउछन् र ठिक बिपरित पनि” रोनाल्डोले आफ्नो प्रतिद्वन्दीताले मेस्सी पनि स्वतः राम्रो खेलाडी बन्ने बताए।

दुइ स्टार खेलाडीहरु बीच हुने रोचक प्रतिस्पर्धालाई रोनाल्डोले “उत्कृस्ट” बताउदै आफुलाई मेस्सीसंग भविष्यमा संगै डीनरगर्न समस्या नहुने समेत बताए।

“म र मेस्सी बीच निकै राम्रो र व्यवसायिक सम्बन्ध रहेको छ किनकि हामीले एकै पलहरुलाई १५ वर्ष बाँडेका छौँ” उनले बताए।

“मैले अहिले सम्म उनिसंग डिनर गरेको छैन तर भविष्यमा किन नगर्ने ? त्यसो गर्न मलाई कुनै समस्या हुनेछैन।”

रोनाल्डोले सोहि अन्तर्वार्तामा रोनाल्डोले आफ्नो सन्यास लिने हल्ला बारे बताए। उनले आफु अर्को वर्ष अथवा ४०-४१ वर्षको उमेरसम्म पनि खेल्न सक्ने सोच व्यक्त गरे। गत वर्ष इटालियन क्लब जुभेन्ट्स पुगेपछि रोनाल्डो प्रेरित टिमले सिरी-ए लिगको उपाधि जित्न सफल भएको थियो।

( श्रोत – गोल.कम )

२०७६ भाद्र ५, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment