अर्घाखाँची प्रिमियर लिगमा टिम थपिँदै, खेलाडी दर्ता प्रक्रिया जारि

तेस्रो संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागी हुने टिमहरुको संख्या थपिने भएको छ। यसअघि प्रतियोगिताका दुई संस्करणमा मात्र ४टिमको सहभागीता रहेको थियो।

जिल्ला क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईले यसपल्ट ४ टिमलाई बढाएर ६ टिम बनाउने बताएका हुन्- “यस अघिका दुई संस्करणमा ४ टिमको सहभागीता थियो, यसपल्ट टिमहरु बढाएर ६ बनाउँदै छौं। ”

असोज/कार्तिकमा हुने प्रतियोगितामा सहभागी हुन अर्घाखाँची जिल्लाका क्रिकेट खेलाडीहरुले भदौ १ गतेदेखि खोलिएको खेलाडी दर्ता प्रक्रियामा भदौ ३० गतेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

यसअघिका दुई संस्करण अर्घाखाँची क्रिकेट एकेडेमीले आयोजना गरेको भएपनि २०७५ मङ्सिर ११ देखि जिल्लामा पनि क्रिकेट संघ गठन गरिएपछी जिल्ला क्रिकेट संघले यसपाली आयोजनाको जिम्मेवारी लिएको छ। पहिलो संस्करणको उपाधी त्रिभुज कार्कीको कप्तानीमा रहेको सुपर सुपा ११ र दोश्रो संस्करण जगत क्षेत्रीको कप्तानीमा रहेको रोयल सन्धिखर्कले जितेको थियो।

यस्तै यु१९ राष्ट्रिय टिमको समेत प्रतिनिधित्व गरिसकेका तथा पोखरा प्रिमियर लिगमा बिजेता टिम पोखरा पल्टनका सदस्य समेत रहेका लेग स्पिनर बिक्रम भुसालको कप्तानीमा रहेको एम्स स्टार्स दुवै संस्करणमा फाइनलमा पराजित भएको थियो।

खेलाडी दर्ताको लागि सम्पर्क स्थान:

तस्बिर: ऋषी भट्टराई

२०७६ भाद्र ६, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment