इशान्त बलिंगमा चम्किदा विन्डीजको ब्याटिंग चलेन, भारतलाई अग्रता लिने मौका

भारतको वेस्टइन्डिज टुर अन्तर्गत एन्टीगुवामा जारि पहिलो टेस्टको दोश्रो दिनको खेल समाप्तिमा भारत बलियो देखिएको छ।

टेस्टको पहिलो इनिंगमा टस हारेर ब्याटिंग गरेको भारतले २९७ रन बनाएपछि दोश्रो दिन ब्याटिंग सुरु गरेको घरेलु टिमले दोश्रो दिन समाप्तिमा १८९ रन बनाउदा ८ विकेट गुमाईसकेको छ। वेस्टइन्डिज अझै पहिलो इनिंगमा १०८ रनले पछि रहेको छ।

वेस्टइन्डिजको लागि रोस्टन चेजले सर्वाधिक ४८, शिमरन हेटमायरले ३५, शाई होपले २४, जोन क्याम्पबेलले २३ रन योगदान दिए।

३६ रन बनाउदा पहिलो विकेट गुमाएको विन्डीजले त्यसपछि लगातार अन्तरालमा विकेट गुमाउदै ८८/४ को अवस्थामा पुगेको थियो। पाँचौ विकेटको लागि चेज र होपले ४२ रनको साझेदारी गरे भने होपले हेटमायरसंग छैठौं विकेटको लागि ४४ रनको साझेदारी गरे।

दोस्रो दिन सकिंदा कप्तान जेसन होल्डर अविजित १० रन बनाएर तथा मिगुएल कमिन्स खाता नखोली क्रिजमा रहेका छन्।

भारतको बलिंगमा इशान्त शर्मामा सर्वाधिक ५ विकेट लिएका छन्। उनले १३ ओभरमा २ मेडन ओभर गर्दै ४२ रन खर्चेका छन्। वेस्टइन्डिजमा इशान्तले ५ विकेट लिएको यो तेश्रो अवसर हो। उनले टेस्टमा ५ विकेट लिएको यो नवौं पटक हो। यस क्रममा इशान्तले ब्राथवेट, चेज, होप, हेटमायर र रोचको विकेट लिए।

जस्प्रित बुम्राह ( १५-४-३६-१ ) , मोहम्मद शामी ( १३-३-४१-१ ) र रभिन्द्र जडेजा ( १६-३-५८-१ ) ले १/१ विकेट लिए।

भारतको पहिलो इनिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २९७ रन बनाएको थियो। पहिलो दिनको समाप्तिमा २०३/६ को अवस्थाबाट दोश्रो दिन ब्याटिंग सुरु गरेको भारतले थप ९४ रन जोड्न सक्यो।

भारतको लागि अजिंके रहानेले सर्वाधिक ८१ रन बनाए भने रभिन्द्र जडेजाले ५८, केएल राहुलले ४४ रन बनाए।

दोश्रो दिन समाप्तिमा ३ रन बनाएर अविजित रहेका जडेजाले टेस्ट करियरको ११ औं अर्धशतक प्रहार गरे। सो क्रममा जडेजाले इशान्त शर्मासंग ६० रनको साझेदारी गरे। अन्तिम विकेटको रुपमा जेसन होल्डरबाट आउट भएका जडेजाले ५८ रन बनाउन ११२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। इशान्तले १९ रन बनाए।

वेस्ट इन्डिजको बलिंगमा केमर रोचले सर्वाधिक ४ विकेट ( २५-६-६६-४ ) तथा शानोन ग्याब्रीयल ( २२-५-७१-३ ) ३ विकेट लिए। यस्तै रोस्टन चेजले २ विकेट ( १६-३-५८-२ ) लिए।

टुर अन्तर्गत भारतले टि-२० सिरिज ३-० ले तथा एकदिवसीयको सिरिज २-० ले जितेको थियो।

२०७६ भाद्र ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment