अन्तरकलेज बास्केटबल : साइपालको जित

साइपाल एकेडेमीले तेश्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।

साइपालले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ६७–६४ ले पराजित गर्यो। साइपालका सागर लामाले २० अंक जोडे ।

समूह चरणको अन्य खेलमा न्यु जेनिथले ओमेगालाई ४२–३१, इन्साइट भिजनले अरुणिमालाई ७१–४५, नामीले केब्सलाई ५०–४०, जेभियरले जेएमसीलाई ६१–५८ र टाइम्सले अरुणिमालाई ४५–३५ ले हराए । न्यु जेनिथका अजय घलेले १५, इन्साइटका रोशन बस्नेतले २५, नामीका तेन्जिङ स्याङतानले ११, जेभियरका सोनाम शेर्पाले २६ र टाइम्सका कमल थापाले १३ स्कोर गरे ।

२०७६ भाद्र ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment