कीर्गिस्तानलाई उपाधि

एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधि कीर्गिस्तानले जितेको छ । उज्वेकिस्तानलाई तीन–शून्यको सोझो सेटमा जित निकाल्दै उपाधि कब्जा गरेको हो ।

उज्वेकिस्तान २७–२५, २६–२४ र २५–१९ को सेटमा पराजित भयो । दुई सेट निकै प्रतिष्पर्धात्मक भएको थियो ।तर, किर्गिस्तानले दुवै सेट जित निकाल्यो भने एक सेटमा सहज जित निकाल्यो ।

दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए । सेमिफाइनलमा कीर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गरेको थियो । यस्तै उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो ।

घेरलु मैदानमै सम्पन्न प्रतियोगिताको समूह चरणबाटै नेपाल भने बाहिरिदै पाँचौं बरियतामा चित्त बुझाउनु परेको छ । पाँचौं स्थानको लागि भएको खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो । अफगानिस्तानले छैटौं स्थान हासिल गर्दा बंगलादेश पुछारमा रह्यो ।

कीर्गिस्तानले यो दोस्रो पटक उपाधि हो । यसअघि कीर्गिस्तानले तेस्रो संस्करणको उपाधि जितेको थियो । भदौ २ गते देखि सञ्चालित प्रतियोगितामा आयोजक नेपालसहित सात देशको सहभागिता रहेको थियो ।

२०७६ भाद्र ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment