कोहली र रहानेको शतकीय साझेदारीले भारत बलियो स्थितिमा

कोहली र रहानेले शतकीय साझेदारी गर्दा भारत पहिलो टेस्टमा मजबुत स्थितिमा पुगेको छ। एन्टीगुवामा जारि टेस्टको तेश्रो दिनको खेल सकिदा भारतले २६० रनको अग्रता लिएको छ।

टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा २९७ रन बनाएको थियो। त्यसपछि वेस्टइन्डिजले पहिलो इनिंगमा २२२ रन बनाएपछि भारतले ७५ रनको अग्रता लिएको थियो। त्यसपछि तेश्रो दिन ब्याटिंग सुरु गरेको भारतले दिनको समाप्तिमा ३ विकेट गुमाएर १८५ रन बनाएको छ।

बिराट कोहली ५१ तथा अजिंके रहाने ५३ रन बनाएर अविजित रहेका छन्। यस अघि ओपनर केएल राहुल ३८, मायाँक अग्रावाल १६ तथा चेतेश्वर पुजारा २५ रन बनाएर आउट भए।

वेस्टइन्डिजको बलिङ्गमा रोस्टन चेजले २ विकेट लिए जुन क्रममा राहुल र अग्रवालको विकेट लिए। रोचले १ विकेट लिने क्रममा पुजाराको विकेट लिए।

वेस्टइन्डिजको पहिलो इनिंग 

यस अघि वेस्टइन्डिजले तेश्रो दिन पहिलो सत्रमा सबै विकेट गुमाएर २२२ रन मात्र बनाउन सकेको थियो। उसको लागि  रोस्टन चेजले सर्वाधिक ४८, कप्तान जेसन होल्डरले ३९, शिमरन हेटमायरले ३५ रन बनाए।

भारतको बलिंगमा इशान्त शर्माले ५ विकेट ( १७-५-४३-५ ) लिए। वेस्टइन्डिजमा इशान्तले ५ विकेट लिएको यो तेश्रो अवसर हो। उनले टेस्टमा ५ विकेट लिएको यो नवौं पटक हो। यस क्रममा इशान्तले ब्राथवेट, चेज, होप, हेटमायर र रोचको विकेट लिए। मोहम्मद शामी र रभिन्द्र जडेजाले समान २/२ विकेट लिए भने जस्प्रित बुम्राहले १ विकेट लिए।

भारतको पहिलो इनिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २९७ रन बनाएको थियो। अजिंके रहानेले सर्वाधिक ८१ रन बनाए भने रभिन्द्र जडेजाले ५८, केएल राहुलले ४४ रन बनाए।

वेस्ट इन्डिजको बलिंगमा केमर रोचले सर्वाधिक ४ विकेट ( २५-६-६६-४ ) तथा शानोन ग्याब्रीयल ( २२-५-७१-३ ) ३ विकेट लिए। यस्तै रोस्टन चेजले २ विकेट ( १६-३-५८-२ ) लिए।

टुर अन्तर्गत भारतले टि-२० सिरिज ३-० ले तथा एकदिवसीयको सिरिज २-० ले जितेको थियो।

२०७६ भाद्र ८, आईतवार मा प्रकाशित