धमलालाई इन्टरनेसनल इस्ट्रक्टर अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको छ ।

बुल्गेरियाको प्लामोदीप शहरमा सोमबार अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आइटिएफ)को २७औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डका साथै मेडलबाट सम्मानित गरेको हो । आइटिएफ महासंघलेविभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गदै आएको छ । यस बर्ष भने नेपालका धमलाले त्यो सफलता पाएको नेपाली टोलीका सदस्य घमबहादुर थापामगरले जानकारी दिएका छन् ।

२७औं महाधिवेशनको अवसरमा सम्मान ग्रहण गरेपछि धमलाले खुसी ब्यक्त गर्दै यो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकुद विकासको लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो अनुभव,शीप र कौशललाई इमान्दार खेलकर्मीको हैसियतले खेलकुदको विकास र विस्तारमा समर्पित रहि रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

‘मेरा लागि यो अवार्ड काम गर्न अझै उत्प्रेरित बनाउने माध्यम बनेको छ,’ धमलाले भने,‘ आगामी दिनमा नेपाली आइटिएफलाई अझै विकास गर्नका लागि नयाँ योजना बनाएर अगाडि बढ्नेछु ।’एक समय आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी हाल नेपालका अध्यक्ष तथा दक्षिण एसियाली आइटिएफका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।उनी करिब दुईदशकदेखियो खेलमा सक्रिय छन् ।

वि.सं. २०५४ सालदेखि डब्लुटिएफ तेक्वान्दोबाट आफ्नो खेल करियर आरम्भ गरेका धमलाले पछि आइटिएफ खेलाडी हुँदा त्यसको नेतृत्व समालेका थिए । उनकै नेतृत्वमा२२ राष्ट्र सम्मिलित एसियन आइटिएफ तेक्वान्दो च्याम्पियनसिप नेपालमा सम्पन्न भएको थियो । धमलाले नेपालका विभिन्न जिल्लामा आइटिएफ तेक्वान्दो खेल विकास गर्न महत्वपूर्ण भूमीकासमेत खेलेका छन् ।

साथै दुर्गम क्षेत्रबाट खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागिताका लागि प्रोत्साहन गर्दै आइरहेका छन् । त्यसैले उनको सोही योगदानलाई कदर गर्दै दुई वर्ष अगाडि बुल्गेरियामा सम्पन्न विश्व आइटिएफको अधिवेशनमा उनलाई उच्च सम्मान गर्दै मेडल र प्रमाणपत्र प्रदान गरेको थियो । त्यसपछि उनी विश्व आइटिएफका साथै दक्षिण एसियाली राष्ट्रमा राम्रो छबि बनाउन सफल भए ।

जसको कारणले उनि दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघको वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भए । बुल्गेरियामा सोमबार सम्पन्न कंग्रेसले आगामी २२औं विश्व च्याम्पियनसिपमा २०२१ मा चीनमा गर्ने निर्णयसमेत गरेको छ । २०२३ को विश्व च्याम्पियनसिप भने इटालीले मतदानमार्पmत पाएको छ । जसमा भारत पराजित भएको थियो ।सोही दौरान बुल्गेरियामा अगस्ट ३१ सम्म सञ्चालन हुने २१औं संस्करणको विश्व च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धासमेत गर्दै छन् ।

२०७६ भाद्र ९, सोमबार मा प्रकाशित