न्युजिल्याण्डसंग श्रीलंका इनिंग अन्तरले पराजित , सिरिज बराबरी

दोश्रो तथा अन्तिम टेस्टमा श्रीलंकालाई इनिंग र ६५ रनले पराजित गरेपछि न्युजिल्याण्डले २ टेस्टको सिरिज १-१ को बराबरीमा टुंग्याउन सफल भएको छ।

जितसंगै आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा न्युजिल्याण्डले ६० अंक बटुलेको छ। च्याम्पियनसिप तालिकामा भारत, न्युजिल्याण्ड र श्रीलंकाको समान ६० अंक रहेको छ।

कोलोम्बोमा सम्पन्न खेलको पहिलो इनिंगमा श्रीलंकाले २४४ रन बनाएको थियो। न्युजिल्याण्डले आफ्नो दोश्रो इनिंग ४३१/६ को स्थितिमा घोषणा गर्दै पहिलो इनिंगमा १८७ रनको अग्रता हाँसिल गरेको थियो। श्रीलंकाले दोश्रो इनिंगमा ब्याटिंग गर्ने क्रममा मात्र १२२ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेपछि खेलमा इनिंग अन्तरको हार बेहोर्यो।

श्रीलंका बिरुद्ध एसिया बाहेकको टिमले इनिंग अन्तरको जित हाँसिल गरेको यो चौथो पटक हो। अन्तिम पटक सन् १९९३ मा दक्षिण अफ्रीकाले इनिंग अन्तरले श्रीलंकालाई पराजित गरेको थियो।

Innings wins by non-Asian sides vs SL in Sri Lanka:
Aus inngs & 38 runs Kandy 1983
NZ inngs & 61 runs Colombo CCC 1984
SA inngs & 208 runs Colombo SSC 1993
NZ inngs & 65 runs Colombo PSS 2019

दोश्रो इनिंगमा श्रीलंकालाई १२२ रनमा समेट्न न्युजिल्याण्ड बलर ट्रेन्ट बोल्ट, टिम साउथि, एजाज पटेल र विलियम समरभिलेले समान २/२ विकेट लिए।

एकसमय श्रीलंकाले ३२ रन बनाउदा ५ विकेट गुमाईसकेको थियो। त्यसपछि विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेलाले ५१ रन बनाउदा घरेलु टिमले १०० माथिको योगफल बनाउन सक्यो। कप्तान करुनारत्नेले २१ , कुशल मेन्डिसले २० रन बनाए। ४ श्रीलंकन ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

न्युजिल्याण्डको ब्याटिंग 

न्युजिल्याण्डलाई ठुलो योगफल बनाउन ओपनर टम लाथमले १५४ तथा ब्राडले वाटलिङ्गले अविजित १०५ रन बनाएका थिए। लाथमको करियरको यो दशौँ तथा वाटलिङ्गको सातौँ शतक हो।

१२६/४ को स्थितिमा एक समय रहेको भ्रमण टोलिलाई लाथम र वाटलिङ्गले पाँचौ विकेटकको लागि १४३ रनको साझेदारी गर्दै उकासेका थिए। वाटलिङ्ग सिरिजको उत्कृस्ट खेलाडी चुनिए जसले पहिलो टेस्टको दोश्रो इनिंगमा ७७ रन बनाएका थिए।

Tom Latham

श्रीलंकाको पहिलो इनिंगमा धनन्जय डी सिल्भाले शतक ( १०९ ) बनाएका थिए। किविज बलर साउथिले ४ तथा बोल्टले ३ विकेट लिएका थिए।

टेस्ट सिरिज पछि अब सेप्टेम्बर १ तारिकबाट ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ। सेप्टेम्बर १ , ३ र ६ मा खेल रहेको छ।

२०७६ भाद्र ९, सोमबार मा प्रकाशित