साफ यु-१५ : बंगलादेश बिरुद्ध नेपालको शानदार जित , फाइनल सम्भावना बलियो ( फोटो फिचर सहित )

बंगलादेश बिरुद्ध जित निकाल्दै नेपाली १५ वर्ष मुनिको फुटबल टिम साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ।

कल्याणी मैदानमा सम्पन्न खेलमा नेपाललाई जित्ने पर्ने दबाब रहेको थियो। दबाबमा उत्कृस्ट खेल प्रदर्शन गर्दा बंगलादेश ४-१ अन्तरले सहजै पराजित हुन पुग्यो। नेपालको लागि क्रिशन यादबले २ गोल तथा सुगम जिमी र प्रदिप लम्सालले १/१ गोल गर्न सफल भए।

प्रतियोगितामा यस अघि नेपालले भारतसंग पहिलो खेलमा ५-० गोल अन्तरले पराजित भएको थियो भने दोश्रो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो।

जितसंगै नेपाल अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। आयोजक भारत सहित, नेपाल, बंगलादेश, , श्रीलंका र भुटान सहभागी प्रतियोगिताबाट अंकतालिकामा उत्कृस्ट २ टिमले फाइनलमा स्थान बनाउने हुनाले नेपालको उत्कृस्ट २ हुने सम्भवना प्रवल बनेको छ।

बंगलादेश र नेपालको समान ६-६ अंक रहेको छ। हेड टु हेडको आधारमा नेपाल अघि रहेको छ।अंकतालिकामा पहिलो स्थानमा भारत ९ अंक सहित रहेको छ।

लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसंग २९ अगस्ट ( बिहिबार ) मा तथा बंगलादेशले भारतसंग सोहि दिन खेल्ने तलिका रहेको छ।

भारत फाइनल पुगीसकेको अवस्थामा अन्तिम खेलमा नेपाल फाइनल पुग्न अब अन्तिम खेलमा भुटानलाई पराजित गर्नुपर्नेछ भने बंगलादेशलाई भारतले पराजित गर्नुपर्नेछ।

खेलको फोटोहरु – 

 

२०७६ भाद्र १०, मंगलवार मा प्रकाशित