इतिहासकै भव्य हुनेछ यो सिजन इपिएल, टेस्ट रास्ट्रका क्रिकेटर, विदेशी च्यानलमा लाइभ, यस्ता छन् ३ ठुला घोषणा

एभरेस्ट प्रिमियर लिगको तेश्रो संस्करण २०२० फेब्रुवरी २९ देखि मार्च १४ सम्म ( फाल्गुन १७ देखि चैत १ गते ) काठमाडौँमा आयोजना हुने भएको छ।

अघिल्लो पटक डिसेम्बर ८ देखि २२ ( मङ्सिर २२ देखि पुष ७ गते ) सम्म प्रतियोगिता आयोजना गरिएता पनि यो पटक दिन लामो भएको वसन्त ऋतुको समयमा खेल गर्न मिति सारिएको बताईएको छ।

प्रतियोगिता आयोजनाको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद – आईसीसीको मान्यता लिन प्रक्रिया थालनी भइसकेको र यो पटक प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरको हुने आयोजकले दावी गेरको छ। गत वर्ष इपिएलको उपाधि ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर प्याट्रिएट्सले जितेको थियो।

१. टेस्ट राष्ट्रको क्रिकेटर अनिवार्य 

प्रतियोगितामा सहभागी टिमले एकजना टेस्ट क्रिकेटरलाई आइकोनिक खेलाडीको रुपमा अनिवार्य रुपमा समावेस गर्नुपर्नेछ।

“इपिएलले यो पटक प्रत्येक फ़्रेन्चाइजलाई अन्तर्राष्ट्रिय क्रिकेटको ठुलो नाम आइकोनिक खेलाडीको रुपमा समावेस गर्नु पर्ने अनिवार्य गरेको छ। आइकोनिक खेलाडी टेस्ट राष्ट्रको हुनु पर्नेछ।” इपिएल फ्यानहरुले यो पटक लिगमा ठुलो नामको अपेक्षा गर्न सक्ने बताईएको छ।

Richard Levi ( Photo - Pokhara Rhinos )
अघिल्लो सिजन दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले पोखरा राइनोजको प्रतिनिधित्व गरेका थिए

अघिल्लो सिजनको इपिएलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका रिचर्ड लेभी पोखरा राइनोजबाट खेलेका थिए।यस्तै टेस्ट राष्ट्र आयरल्याण्डका पल स्टरलिङ्ग चितवन टाइगर्सबाट तथा आयरल्याण्डकै केभिन ओ ब्रायन काठमाडौँ किंग्स-११ बाट खेलेका थिए। टेस्ट राष्ट्र बाहेक नेदरल्याण्डका रोल्फ भानडर मर्वे, रायन टेन डोसेथे , पल भान मिकिरन खेलेका थिए। यस्तै युएईका रोहन मुस्तफा, मोहम्मद नबिद, हंगकंगका बाबर हायात जस्ता खेलाडी खेलेका थिए।

२. अन्तर्राष्ट्रिय च्यानलमा प्रत्यक्ष प्रशारण र प्रोडक्सन 

एभरेस्ट प्रिमियर लिगको पहिलो संस्करण कान्तिपुर टिभीले प्रशारण गरेको थियो जसपछिको २ वटा संस्करण अन्नपूर्ण मिडियाको एपीवानले गरेको थियो। धनगढी प्रिमियर लिगको पनि प्रत्यक्ष प्रशारण एपीवानले गर्दै आएको छ। पोखरा प्रिमियर लिग हिमालय टिभीले देखाएको थियो।

यो पटक प्रतियोगिताको प्रत्यक्ष प्रशारण नेपाली हैन विदेशी च्यानलले गर्ने आयोजकले बताएको छ।

“इपिएलको यो सिजनमा अन्तर्राष्ट्रिय क्वालिटीको प्रत्यक्ष प्रशारण देखाउन विदेशी प्रोडक्सन कम्पनिहरुसंग कुराकानी भइरहेको छ। प्रत्यक्ष प्रशारण गर्न उपलब्ध उत्कृस्ट उपकरणहरु हुनेछ। समर्थकहरुले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलहरुको स्तरको प्रशारण देख्न पाउनेछन्” बिज्ञप्तिमा बताईएको छ।

डी स्पोर्ट्स च्यानलले इपिएलको प्रशारण गर्न सक्ने

विकेटनेपाललाई प्राप्त अपुस्ट जानकारी अनुसार बंगलादेश प्रिमियर लिग तथा गत वर्ष भारत,बंगलादेश र श्रीलंका सम्मिलित निधास ट्रफीको प्रशारण गरेको डी स्पोर्ट्सले इपिएलको प्रत्यक्ष प्रशारण गर्ने सम्भावना रहेको छ।

गत वर्ष इपिएलले विदेशी कमेन्टेटर ल्याएको थियो भने अधिकांश कमेन्ट्रि अंग्रेजीबाट गरिएको थियो। यस्तै पहिलो पटक विदेशी चियरलिडर्सहरु समेत ल्याईएको थियो। प्रतियोगिताको व्यवस्थापनमा समेत विदेशी लिगमा काम गरिसकेका भारतीयहरुको संलग्नता रहेको थियो।

३. मिति परिवर्तन 

यो पटक इपिएलको आयोजना मिति मङ्सिर/पुस बाट सारेर फाल्गुन/चैतमा गरिनेछ। जाडो महिनामा आयोजना हुँदा दिन चाडै सकिने कारणले खेल बिहानै सुरु गर्नुपर्ने वाध्यता रहेको थियो। एकै दिन २ वटा खेल भएको दिन पनि अब खेल ढिला आयोजना गर्न सकिनेछ जसले खेल हेर्न पुग्ने दर्शकलाई राहत पुग्नेछ। यस्तै प्रतियोगिताको अवधिमा ३ वटा शनिवार पार्ने जसले गर्दा फ्यानहरुको संख्यामा अझ वृद्धि हुने आयोजकले विश्वास लिएको छ।

TU Cricket Ground
TU Cricket Ground

इपिएल आयोजकले अघिल्लो वर्ष मैदानमै पुगेर १ लाख दर्शकले खेल हेरेको र टिभी र अन्य श्रोत मार्फत ३० लाख जनाले खेल हेरेको दावी गरेको छ।

“आगामी इपिएल शानदार हुनेछ” – आमिर अख्तर ( इपिएल प्रवन्ध निर्देशक )   

“प्रथमत म प्रायोजक, पार्टनर, फ़्रेन्चाइज्, मिडिया र नेपाली क्रिकेट फ्यानहरुलाई निरन्तर समर्थनको लागि धन्यवाद दिन चाहन्छु। यो वर्ष इपिएल फेब्रुवरी/मार्चमा राखिएको छ जसको लागि आईसीसीसंग अनुरोध गरिसकेका छौँ। हाम्रो जोड नेपाली क्रिकेटको विकास हो र हामि अन्तर्राष्ट्रिय जानकारसंग साझेदारी गरिरहेका छौँ जुन प्रयास मैदानको मनोरन्जन र प्रशारणको लागि हो जसले आयोजनालाई अझ वृहत् पार्नेछ।”

गत वर्ष इपिएल उपाधि ललितपुर प्याट्रीएट्सले जितेको थियो जुन क्रममा फाइनलमा भैरहवा ग्ल्याडीएटर्सलाई पराजित गरेको थियो
गत वर्ष इपिएल उपाधि ललितपुर प्याट्रीएट्सले जितेको थियो जुन क्रममा फाइनलमा भैरहवा ग्ल्याडीएटर्सलाई पराजित गरेको थियो

“आइकोनिक खेलाडीको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटको ठुलो नाम टिममा संलग्न गर्न फ़्रेन्चाइजहरु अघि बढीसकेका छन्। आगामी इपिएल सिजन दर्शकको लागि शानदार प्रतियोगिता हुनेछ हुन् अनुभव अन्तर्राष्ट्रिय प्रतियोगितामा हुनेगर्छ। हामीले आशा गरेका छौँ दर्शकहरुले वसन्त ऋतुको सुन्दर मौसममा प्रतियोगिताको आनन्द उठाउनेछन्।”

अघिल्लो २ सिजन मुख्य प्रायोजन गरेको टिभीएस यो पटक मुख्य प्रायोजक नरहने इपिएल आयोजकले बताएको छ।

२०७६ श्रावण ३०, बिहीबार मा प्रकाशित