मुस्किल अवस्थामा रित र हरिको साझेदारीले सम्हालियो नेपाल, वर्षा बन्यो बाधा

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले दोश्रो अभ्यास खेल खेलीरहेको छ।

पहिलो अभ्यास खेलमा नेपालले सिन्हालिज स्पोर्ट्स क्लबसंग ३ विकेटको हार बेहोरेको थियो। दोश्रो अभ्यास खेलमा नेपाली युवा टिमले बुदुरलिया क्रिकेट क्लबसंग प्रतिस्पर्धा गरिरहेको छ।

निर्धारित ५० ओभरको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै ४०.५ ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको छ। सोहि अवस्थामा वर्षाको कारण खेल रोकिएको छ। क्रिजमा रित गौतम ७० तथा हरि बहादुर चौहान ४५ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

खराब सुरुवात गरेको नेपालको माथिल्लो क्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउन पुगेका थिए। पवन सर्राफ खाता नखोली पहिलो ओभरमै आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो। त्यसपछि अघिल्लो खेलम अर्धशतक बनाएका आसिफ शेख १४ रन, खडक बोहरा २ रन तथा कप्तानरोहित पौडेल ३ रन बनाएर आउट भए। फलस्वरूप नेपालको योगफल आठौँ ओभरमा ३३/४ पुग्यो।

नेपालको सुरुवात राम्रो हुन सकेन

अर्को किनारमा विकेट गुमेता पनि ओपनर रित गौतमले धैर्यतापूर्वक ब्याटिंग गरे। छैठौं नम्बरमा ब्याटिंग गरेका सन्दिप जोराले रितको साथ दिए। पाँचौ विकेटको लागि ५२ रनको साझेदारी गरेपछि जोरा रन बनाएर २१ औं ओभरमा आउट भए।

८५/५ बाट नेपाल सानो योगफलमा समेटिने खतरा थियो तर सातौँ नम्बरमा ब्याटिंग गर्न आएका हरि बहादुर चौहानले रितलाई राम्रो साथ दिए। छैठौं विकेटको लागि दुवैले ९० रनको साझेदारी गरेर ब्याटिंग गरिरहेका छन्।

रितले ११८ बलमा ४ चौका मदतले ७० रन बनाएका छन् भने हरिले ७० बलमा २ चौका मदतले ४५ रन बनाएका छन्।

Rit Gautam

बदुरलियाको बलिङ्गमा मालिन्दा  करुनारत्नेले २ ( ७-०-३८-२ ) तथा तिलिना चामोथ ( ६-०-२२-१ ) , मिराङ्गा विक्रमागे ( ४-१-१२-१ ) र दिलमान रत्नायके ( ६-०-३४-१ ) ले समान १/१ विकेट लिएका छन्।

मंगलबार नेपालले पहिलो अभ्यास सिन्हालिज स्पोर्ट्स क्लब यु-२३बिरुद्ध खेलेको थियो। रोमान्चक रहेको उक्त खेलमा नेपाल ३ विकेटले पराजित हुन पुगेको थियो। नेपालले पहिले ब्याटिंग गर्दै दिएको २४१ रनको लक्ष्य सिन्हालिजले अन्तिम बलमा भेटाएको थियो।

यु-१९ एसिया कप अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।

२०७६ भाद्र १२, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment