रित र हरिको शतकीय साझेदारीमा नेपालको मध्यम स्कोर

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले दोश्रो अभ्यास खेल खेलीरहेको छ।

पहिलो अभ्यास खेलमा नेपालले सिन्हालिज स्पोर्ट्स क्लबसंग ३ विकेटको हार बेहोरेको थियो। दोश्रो अभ्यास खेलमा नेपाली युवा टिमले बुदुरलिया क्रिकेट क्लबसंग प्रतिस्पर्धा गरिरहेको हो।

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको छ।

वर्षाका कारण पहिलो इनिंगको ४१ औं ओभरमा खेल रोकिएपछि २ घण्टा खेल रोकिएपछि नेपालले पुनः ब्याटिंग जारि गर्दै ५० ओभर पुरा गरेको थियो। त्यसैकारण अब दोश्रो इनिंग भने मात्र ३१ ओभरको हुनेछ। डी/एल मेथड अनुसार ३ १ओभरमा बुदुरलियाले १६५ रनको लक्ष्य पाएको छ।

वर्षाले ४०.५ ओभरमा खेल रोकिंदा १७५/५ को अवस्थामा रहेको नेपालको इनिंग त्यसपछि भने धरासायी बन्न पुग्यो। रित ७६ रन बनाएर आउट भए भने अर्धशतक पुरा गरेर हरि पनि ५६ रन बनाएर आउट भए। कुशल मल्ल खाता नखोली आउट भए।

यस अघि खराब सुरुवात गरेको नेपालको माथिल्लो क्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउन पुगेका थिए। पवन सर्राफ खाता नखोली पहिलो ओभरमै आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो। त्यसपछि अघिल्लो खेलम अर्धशतक बनाएका आसिफ शेख १४ रन, खडक बोहरा २ रन तथा कप्तानरोहित पौडेल ३ रन बनाएर आउट भए। फलस्वरूप नेपालको योगफल आठौँ ओभरमा ३३/४ पुग्यो।

Rit Gautam

८५/५ बाट नेपाल सानो योगफलमा समेटिने खतरा थियो तर सातौँ नम्बरमा ब्याटिंग गर्न आएका हरि बहादुर चौहानले रितलाई राम्रो साथ दिए। छैठौं विकेटको लागि दुवैले शतकीय ( १०१ रन ) साझेदारी गरे।

४४ औं ओभरमा रिट आउट भएपछि भने नेपालले लगातार विकेट गुमाएको थियो।  १८६/६ बाट २० रन जोड्दा बाँकी ४ विकेट नेपालले गुमाउन पुग्यो।

Hari Chauhan

मंगलबार नेपालले पहिलो अभ्यास सिन्हालिज स्पोर्ट्स क्लब यु-२३बिरुद्ध खेलेको थियो। रोमान्चक रहेको उक्त खेलमा नेपाल ३ विकेटले पराजित हुन पुगेको थियो। नेपालले पहिले ब्याटिंग गर्दै दिएको २४१ रनको लक्ष्य सिन्हालिजले अन्तिम बलमा भेटाएको थियो।

यु-१९ एसिया कप अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।

२०७६ भाद्र १२, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment