यस्तो छ विश्वकप छनौट खेल्ने २३ सदस्यीय नेपाली फुटबल टिम

फिफा विश्वकप छनौट अन्तर्गत एसियाली छनौट प्रतियोगिता अन्तर्गत कुवेत र चाइनिज ताइपेइ बिच खेलिने दोश्रो चरणको छनौट खेल्न २३ सदस्यीय नेपाली टिमको घोषणा भएको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक जोहान कालिनले बिहिबार टिमको घोषणा गरेका हुन्। छनौट अन्तर्गत नेपालले कुवेतसंग भदौ १९ तथा चाइनिज ताइपेइसंग भदौ २४ गते खेल्नेछ। दुवै खेल नेपालले बिपक्षी टिमको घरेलु मैदानमा खेल्नेछ।

घोषित नेपाली टिममा मलेसियासंग यो साता मैत्रीपूर्ण खेलमा पराजित हुँदा टिममा रहेका गोलकिपर बिमल राना र एलेन न्यौपाने रहेका छैनन्। पछिल्लो समय फिटनेससंग जुझ्दै आएका विराज महर्जन टिममा अटाएका छैनन्। यस्तै थाईल्याण्डमा अहिले जारी आर्मीको तालिममा सहभागी भैरहेका कारण टिमका नियमित खेलाडी भरत खवास टिममा छैनन्।

प्रतियोगितामा सहभागिता जनाउन रोहित चन्द बिहिबार इन्डोनेसियाबाट नेपाल फर्किसकेका छन्। यस्तै किरन चेम्जोंग पनि टिममा फर्किएका छन्।

यस्तो छ नेपाली टिम :- 

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

विश्वकप छनौट प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जहाँ अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताईपेई रहेको छ। छनौट अन्तर्गत नेपालले कुवेत बिरुद्ध भदौ १९ गते तथा चाइनिज ताईपेई बिरुद्ध भदौ २४ गते खेल्नेछ। त्यसपछि नेपालको खेल अस्ट्रेलियासंग असोज २३ गते र जोर्डन बिरुद्ध असोज २८ गते रहेको छ।

२०७६ भाद्र १२, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment