अन्तरविद्यालय बास्केटबल : ग्रिनल्यान्डको दुवै टिम फाइनलमा

आयोजक ग्रिनल्यान्डको सिनियर ब्वाइज र गल्र्स दुवै टिम चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ४५–४३ को साँघुरो अन्तरले पराजित गर्यो। ग्रिनल्यान्डका राजीव आले मगरले २८ अंक जोडे । अर्को सेमिफाइनलमा टीआईएले गोल्डेनपिकलाई ५३–४९ ले हरायो । टीआईएका सम्राट गुरुङले १६ अंक जोडे ।

सिनियर गल्र्समा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई नै २६–२४ ले पाखा लगाउदै एचएचसीएसंग उपाधि भिडन्त पक्का गर्यो । ग्रिनल्यान्डकी सितोषना केसीले १० अंक जोडिन् । एचएचसीएले टीआईएलाई ३५–२९ ले पन्छायो । एचएचसीएकी अनिता सुनवारले ३२ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा लालीगुराँस र ग्रिनफिल्ड उपाधिका भिड्ने छन् । लालीगुराँसले ओडिसीलाई ३७–३३ ले निराश पा¥यो । लालीगुराँसका दीपेश खड्काले १३ अंक जोडे । ग्रिनफिल्डले एचएचसीएमाथि ३४–३१ को कठिन जित निकाल्यो । ग्रिनफिल्डका गोविन्द शाहीले १० अंक जोडे । फाइनल शुक्रबार हुनेछ ।

२०७६ भाद्र १३, शुक्रबार मा प्रकाशित