चिलाउद्वारा नेपाललाई मध्यम लक्ष्य प्रस्तुत : यु-१९ अभ्यास श्रीलंका

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा अहिले चिलाउ मारीएन्ससंग प्रतिस्पर्धा गरिरहेको छ।

कोलोम्बोको एमसीसी मैदानमा जारि खेलमा टस जितेर नेपालले पहिले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको चिलाउले पुरा ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २२५ रन बनाएको छ।

विकेटको रुपमा स्थानीय टिमका ओपनिंग ब्याट्सम्यानले ५० रनको तथा दोश्रो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। त्यसपछि भने नेपाली बलरले निरन्तर अन्तरालमा विकेट लिए भने रनमा कन्जुसी गरेका थिए।

पवन सर्राफले २ विकेट लिए ( फाइल फोटो )

नेपालको बलिंगमा पवन सर्राफ र सुर्य तामांगले समान २/२ विकेट लिए। यस्तै कमल सिंह ऐरी, सागर ढकाल र राशिद खानको नाममा १/१ विकेट रह्यो।

अभ्यास भ्रमण अन्तर्गत नेपालले बिहिबार सम्पन्न दोस्रो अभ्यास खेलमा बदुरलिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो। यस्तै पहिलो अभ्यास खेलमा मंगलबार सिन्हालिज स्पोर्ट्स क्लब यु-२३ टिमसंग रोमान्चक खेलमा ३ विकेटले पराजित हुन पुगेको थियो।

२०७६ भाद्र १३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment