शतक बनाउन चुके कोहली, पहिलो दिन समाप्तिमा भारत बलियो

भारतको वेस्टइन्डिज टुर अन्तर्गत २ टेस्टको सिरिज अन्तर्गत दोश्रो टेस्ट शनिवार सुरु भएको छ। पहिलो टेस्टमा भारत ३१८ रनले विजयी भएको थियो।

जमैकाको सबिना पार्कमा टस जितेर वेस्ट इन्डिजले बलिंग रोजेपछि ब्याटिंग गरेको भारत सुरुवाती विकेटका बाबजुत दिनको समाप्तिमा राम्रो अवस्थामा रहेको छ।

ओपनर केएल राहुल १३ तथा चेतेश्वर पुजारा ६ रन बनाएर आउट भएपछि तेश्रो विकेटका लागि अर्का ओपनर मायाँक अग्रवाल र कप्तान बिराट कोहलीले टिमलाई दबाबबाट उकासेका थिए। राहुललाई जेसन होल्डरले तथा पुजारालाई टेस्ट डेब्यु गरिरहेका अफस्पिनर रकिम कर्नवालले क्याच आउट गरे।

६९ रनको तेश्रो विकेटको साझेदारी पछि अग्रवाललाइ होल्डरले क्याच आउट गराए जसले १२७ बलमा ७ चौका मदतले ५५ रन बनाए। त्यसपछि कोहलीले अजिंके रहानेसंग ४९ रनको साझेदारी गरे। २४ रन बनाएका रहाने केमर रोचको शिकार भए।

७६ रन बनाएका कोहलीलाई बिपक्षी कप्तान जेसन होल्डरले विकेटकिपरबाट क्याच आउट बनाए। २६ औं टेस्ट शतक बनाउन चुकेका कोहलीले १६३ बलमा १० चौका प्रहार गरे।

कोहलीको विकेट पछि २०२/५ को अवस्थामा रहेको भारतलाई हनुमा बिहारी र रिशभ पन्तले सम्हाले। दिनको समाप्तिसम्म दुवैले ६२ रनको अविजित साझेदारी गरे। बिहारी ४२ तथा पन्त २७ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

दिनको सम्पतिमा भारतको योगफल २६४/५ रहेको छ।

पहिलो दिन उत्कृस्ट बलिंग गरेका जेसन होल्डरले २० ओभरमा ६ मेडन ओभर गर्दै ३९ रन खर्चेर ३ विकेट लिए। केमर रोच ( १९-७-४७-१ ) र रकिम कर्नवाल ( २७-८-६९-१ ) ले १/१ विकेट लिए।

खेलको फोटोहरु :-

 

टेस्ट डेब्यु गरेका कर्नवाल
कोहलीको विकेट लिंदा होल्डरको खुसि

 

( फोटो – आईसीसी , बिसीसीआई )

२०७६ भाद्र १४, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment