को हुन् भारत बिरुद्ध डेब्यु गर्ने विश्वकै धेरै तौल भएका क्रिकेटर

भारतको वेस्टइन्डिज टुर अन्तर्गत दोस्रो टेस्टमा घरेलु टिमको अन्तिम-११ मा स्थान बनाएका रखिम कर्नवाल टेस्ट टिममा परे देखि चर्चामा रहेका छन्। डेब्युमा उनले भारतका स्टार टेस्ट ब्याट्सम्यान चेतेश्वर पुजाराको विकेट लिए।

पहिलो पटक विन्डीज टिममा मौका पाएका २६ वर्षीय कर्नवालले वेस्टइन्डिज ए टिमको लागि निरन्तर राम्रो प्रदर्शन गरेपछि टिममा स्थान बनाएका हुन्। उनि ब्याट र बल दुवैबाट समर्थकहरुको मन जित्ने क्षमता राख्नछन्।

भर्खरै सम्पन्न भारत ए र वेस्टइन्डीज ए टिम बीच खेलमा उनले राम्रो प्रदर्शन गरेका थिए। २ वटा टेस्टमा उनले २ वटा अर्धशतक तथा ४ विकेट समेत लिए। विन्डीजको पछिल्लो ४ दिने क्रिकेट प्रतियोगितामा उनि सबैभन्दा बढी विकेट लिने खेलाडी रहेका थिए जसले ९ खेलमा ५४ विकेट लिएका थिए।

कर्नवालको चर्चा हुनुको सबैभन्दा मुख्य कारण उनको प्रदर्शन त छदैछ उनको तौल र उचाई हो। उनको तौल झन्डै १४५ केजी रहेको छ भने उचाई ६ फिट ६ इन्च छ। भारत बिरुद्ध डेब्यु गर्दै उनि विश्वकै सर्वाधिक तौल भएका क्रिकेटर बनेका छन्।

२०१७ मा भारतीय टिमले वेस्टइन्डिज टुर गर्दा अभ्यास  खेलमा उनले बिराट कोहली, चेतेश्वर पुजारा र अजिंक्या रहानेको सहित ५ विकेट लिएर चर्चामा आएका थिए। एन्टीगुवामा जन्मिएका कर्नवालको अजंगको शरीर भारत बिरुद्ध उत्रिदा उनि सबैको ध्यान खिच्न सफल भएका छन्।

वेस्टइन्डिजले कर्नवालको तौल घटाउने प्रयास पनि गत वर्ष गरिएको थियो र उनको लागि विशेष प्लान समेत बनाईएको थियो। त्यसले खासै काम नगरे पनि विन्डीज टिम उनको तौल भन्दा लगातार राम्रो प्रदर्शनले खुसि रहेको छ।

कर्नवालले हालसम्म ५५ प्रथम श्रेणी क्रिकेटमा १ शतक र १३ अर्धशतक मदतले २ हजार २ सय २४ रन बनाएका छन् भने २३.६ को औशतमा २६० विकेट समेत लिईसकेका छन्। यस्तै लिस्ट ए क्रिकेटमा ४८ खेलमा १,२४० रन बनाउदा ५६ विकेट पनि लिएका छन्।

क्रिकेटलाई फिटनेसको खेल मानिदै गर्दा कर्नवालले क्रिकेटको सबैभन्दा लामो फर्म्याटमा आफुलाई कसरि उभ्याउलान् पनि हेर्न रोचक मानिएको छ।

 

२०७६ भाद्र १४, शनिबार मा प्रकाशित