२५ फोटोमा हेर्नुस श्रीलंकामा कसरि हुँदैछ नेपालको यु-१९ एसिया कप तयारी

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कप प्रतियोगिता खेल्न नेपाली अन्डर-१९ क्रिकेट टिम श्रीलंकामा रहेको छ।

नेपालले सेप्टेम्बर ६ तारिकमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै दोश्रो खेलमा बंगलादेशसंग सेप्टेम्बर ८ मा तथा युएईसंग सेप्टेम्बर १० मा तेश्रो खेल खेल्नेछ। प्रतियोगिता सुरु हुनु १० दिन अघि आयोजना स्थल पुगेको नेपाली टिमले ३ वटा अभ्यास खेल खेलीसकेको छ। ३ वटा मध्ये एउटा खेलमा जित तथा २ वटा खेलमा युवा टिम पराजित हुन पुग्यो।

अभ्यास खेल खेलीसकेपछि टिमले कोलोम्बोमा नेट तथा फिल्डिंग अभ्यास गरिरहेको छ।  टिमको प्रशिक्षकको रुपमा बिनोद दास रहेका छन्। यस अघि भारतीय ब्याटिंग प्रशिक्षक अपुर्भ देसाईले नेपाली टिमलाई सघाउने तय भएता पनि अन्तिम समयमा देसाईको पिताको निधन भएका कारण उनि टिमसंग श्रीलंका जान सकेनन्।

२०१७ यु-१९ एसिया कपमा नेपालले भारतलाई पराजित गर्दै पहिलो पटक सेमीफाइनल प्रवेश गर्दै इतिहास रचेको थियो। गत वर्ष २०१८ र त्यो अघिको संस्करणहरुमा भने नेपाली युवा टिमले पहिलो चरण पार गर्न सकेको छैन। यो पटक टेस्ट राष्ट्रलाई पराजित गर्ने र सेमीफाइनल पुग्ने लक्ष्यको साथ नेपाली टिम अभ्यास गरिरहेको छ।

नेपाली टिमको अभ्यासको फोटोहरु 

( फोटो – रमन शिवाकोटी )

२०७६ भाद्र १५, आईतवार मा प्रकाशित