सीएसआईटी अन्तरकलेज बास्केटबल: न्यु समिटको जित

आयोजक न्यु समिटले दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार जित हात पारेको छ ।
पिङलास्थानस्थित घरेलु कोर्टमा न्यु समिटले हिमालयनलाई १३–२ ले पराजित गर्यो। न्यु समिटको जितमा सरिता घिमिरेले ९ अंक जोडिन् ।

गल्र्समै एएचएमटीले सगरमाथालाई ९–३ ले हरायो । एएचएमटीकी मुना तामाङले ६ अंक जोडिन् ।

ब्वाइजमै हिमालयनले एपीएचएसलाई ५२–४६, एएचएमटीले पाटनलाई ४१–१३ र बर्नहार्टले ट्रिनिटीलाई ६०–२६ ले पाखा लगाए । एएचएमटीका प्रकाश दुराले १८ तथा बर्नहार्टका अविनाश गैरेले १५ स्कोर गरे ।

२०७६ भाद्र १८, बुधबार मा प्रकाशित