न्यु समिट उपाधि नजिक

आयोजक न्यु समिट कलेजको महिला टिम दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

पिङलास्थानस्थित घरेलु कोर्टमा भएको आफ्नो अन्तिम लिग खेलमा एसएम्टिलाई १३–१० को स्कोरमा हराउँदै फाइनलको यात्र तय गरेको हो । न्यु समिटको जितमा सारिसा घिमिरेले सार्वधिक ७ स्कोर गरेकी थिइन । चार टिमको सहभागिता रहेको महिला प्रतिस्पर्धामा आयोजक न्यु समिट अपराजित रहदै उपाधि नजिक पुगेको हो ।

राउण्ड रबिनका आधारमा खेलाईको महिला प्रतिस्पर्धामा शिर्ष स्थानमा रहने टिम स्वतः फाईनलमा प्रवेश गर्ने नियम आयोजकले निर्धारण गरेको छ । त्यस्तै दोश्रो र तेश्रो स्थानमा रहने टिमले सेमिफाईनल खेल्ने छन् भने चौथो स्थानमा रहेको टिम प्रतियोगिताबाट बाहिरीने छ । महिलाकै खेलमा हिमालय कलेजले सगरमाथालाई ९–७ ले हराउँदा संगम खत्रीले ५ स्कोर गरिन् ।

पुरुषतर्फ पनि आयोजक न्युसमिट क्वाटर फाईनल प्रवेश गरेकोे छ । आफ्नो अन्तिम लीग खेलमा न्यु समिटले ट्रिनिटीलाई ४५–२४ को स्कोरमा हराउदै समूह ए को बिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो । पुरुषकै अर्को खेलमा एसीएचएचले टेक्सस्लाई ५०–४० को स्कोरमा हराउँदा बिमल डंगोलले सर्वाधिक ३७ स्कोर गरेका थिए ।

२०७६ भाद्र १८, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment