लिटल एन्जल्सलाई अन्तर स्कुल फुटबलको उपाधि

पाँचौ सुशील केडिया मेमोरियल अन्तर स्कुल फुटबल प्रतियोगिताको उपाधि लिटल एन्जल्स स्कुलले जितेको छ।

डीएभी स्कुल मैदानमा सम्पन्न प्रतियोगिताको बिहिबार सम्पन्न फाइनलमा लिटल एन्जल्सले नेपाल पुलिस स्कुललाई २-१ गोल अन्तरले पराजित गर्यो। लिटल एन्जल्सको लागि सुशान्त गुरुङ र मुनाल थापाले १-१ गोल गरे भने नेपाल पुलिस स्कुलका समिर बमले १ गोल गरे।

३ दिन सम्म चलेको प्रतियोगितामा उपत्यकाका कुल १७ टोलिको सहभागिता रहेको थियो।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता अक्सिडेन्टल पब्लिक स्कुलका संकेत पराजुली रहे जसले कुल ५ गोल गरे। प्रतियोगिताकै उत्कृस्ट गोलकिपर लिटल एन्जल्सका आयुष आनन्द तथा इमर्जिंग प्लेयर नेपाल पुलिस स्कुलका समिर बम घोषित भए। एडीफाई इन्टरनेसनल स्कुलले फेयर प्ले अवार्ड पायो।

२०७६ भाद्र १९, बिहीबार मा प्रकाशित