सावित्राको ह्याट्रिकमा किर्गिस्तान बिरुद्द नेपालको बिशाल जित

आजदेखि सुरु भएको नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको छ।

उपाधी जित्ने लक्ष्य सहित किर्गिस्तान पुगेको नेपाललाई उद्घाटन खेलमा जित दिलाउन स्टार फरवार्ड सावित्रा भण्डारी एक्लैले ४ गोल गरिन्। अनिता बस्नेतले २ तथा कप्तान निरु थापा र दिपा राईले समान १/१ गोल गरिन्।

काराकालमा भएको खेलमा बलियो नेपाल बिरुद्द सम्हालिन नसकेको घरेलु टिमले १९ औं र २२ औं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो। त्यसपछि भने नेपालले किर्गिस्तानको पोस्टमा थप ६ गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो।

( File Photo )

तेस्रो मिनेटमा नै पहिलो गोल गरेकी सावित्राले १५ औं मिनेटमा दोश्रो गोल गरिन्। २४ औं मिनेटमा अनिता बस्नेत र २५ औं मिनेटमा दिपा राईले गोल गर्दै नेपालको अग्रता ४-२ बनाईन्।

३० औं मिनेटमा सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन्। निरु थापाले ३७ औं मिनेटमा गोल गरेपछि नेपालले पहिलो हाफमा ६-२ को अग्रता बनायो।

५४ औं मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत चौथो गोल गरिन् भने अनिता बस्नेतले ८९ औं मिनेटमा ब्यतिगत दोश्रो गोल गरेपछि नेपालले फराकिलो जित निकाल्यो।


आयोजक फिफा बरियतामा समाबेश नभएको टिम हो भने नेपाली महिला टिम १०६ औं स्थानमा रहेको छ। नेपालले सोमबार हुने आफ्नो दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ।

सेप्टेम्बर १२ सम्म चल्ने प्रतियोगितामा नेपाल, आयोजक किर्गिस्तान सँगै उज्बेकिस्तान र ताजकिस्तानको सहभागिता रहेको छ। सहभागी टिमले एकअर्कासँग एक-एक खेल खेलेपछि लिग चरणको सम्पाप्तीमा शीर्ष २ हुने टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

२०७६ भाद्र २२, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment