अन्जन बिस्टको उत्कृस्ट प्रदर्शनमा नेपालको जित ( फोटो फिचर सहित )

कतार २०२२ फुटबल बिश्वकप छनौट एएफसी दोश्रो चरण अन्तर्गत नेपालले समुह चरणको दोश्रो खेलमा चाइनिज ताइपेइलाई पराजित गरेको छ। विश्वकप छनौटको दोश्रो चरणमा नेपालले हात पारेको यो नै पहिलो जित हो।

छनौट अन्तर्गत नेपालले पहिलो खेलमा कुवेतसंग ७-० गोल अन्तरले पराजित भएको थियो। पहिलो खेलमा जोर्डनसंग २-१ ले पराजित भएको चाइनिज ताइपेइको यो दोश्रो हार हो।

चाइनिज ताइपेइको घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले २-० गोल अन्तरको जित निकाल्यो। नेपालको जितमा दुवै गोल अन्जन विस्टले गरे। पहिलो र दोश्रो हाफमा १-१ गोल गर्ने क्रममा विस्टले पहिलो हाफको तेश्रो मिनेटमा अग्रता दिलाएका थिए। मैदानको बीच भागबाट सुजल श्रेष्ठले प्रहार गरेको फ्रि-किकलाई अञ्‍जनले गोलमा परिणत गरेका थिए। यस्तै दोश्रो हाफमा ६३ औं मिनेटमा दोश्रो गोल गरे। सुजल श्रेष्ठले हेडिंग गर्दै दिएको ब्याक पासलाई पेनाल्टी बक्स भित्र अन्जनले गोल गरे।

जित संग नेपाल समुह ‘बि’ अंकतालिकामा ३ अंक बटुल्दै तेश्रो स्थानमा उक्लेको छ। चाइनिज ताइपेइ दुवै हारको साथ पुछारमा रहेको छ। १/१ खेल खेल्दै जित निकालेको कुवेत र जोर्डन क्रमश पहिलो र दोश्रो स्थानमा रहेको छ। अस्ट्रेलियाले हालसम्म कुनै खेल खेलेको छैन।

छनौट अन्तर्गत नेपालले अब आगामी खेल अस्ट्रेलियासंग अक्टोबर १० मा अस्ट्रेलियामा खेल्ने तालिका रहेको छ। त्यसपछि अक्टोबर १५ मा जोर्डनसंग जोर्डनमा खेल्नेछ। त्यसपछि कुवेतसंग १९ नोभेम्बरमा खेल्नेछ। त्यसपछि चाइनिज ताइपेइसंग २६ मार्चमा, अस्ट्रेलियासंग ३१ मार्चमा, जोर्डनसंग ४ जुनमा खेल्नेछ।

    

 

 

२०७६ भाद्र २४, मंगलवार मा प्रकाशित