नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर ईन्टरनेशनल सिरिज २०१९ को यु १९ एकल, युगल तथा मिश्रीत युगल तीनै विधामा अन्तिम चारमा पुग्न सफल भएका छन् ।
अघिल्लो संस्करणका विजेता प्रिन्सले आज सम्पन्न खेलमा भारतका रोहन गुरवानीलाई २१-१६, २४-२२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । दाहालले फाईनल प्रवेशका लागि बशन्त कुमार राजेन्द्रनसंग प्रतिस्पर्धा गर्ने छन् ।
प्रिन्सले दुवईका नवाह नजिवसंग मिलेर पुरुष युगलमा पनि जित निकाले । उनको जोडीले भारतका तान्मोई विकास वोरुहा तथा ऐयाद रशिदको जोडीलाई २१-११, २१-१६ ले पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गरेका हुन्। अव दाहाल जोडीले फाईनल प्रवेशका लागि गालुवा दुई पुत्र र गाब्रियल क्रिस्टोफर विन्तान विजायको जोडीसंग प्रतिस्पर्धा गर्नेछ।

यस्तै प्रिन्सले दुवईमानै रहेकी महेन्द्र नगरकी सानिया चन्दसंग मिलेर दुवईका बशन्त कुमार राजेन्द्रन र तनिका नितु सकिरालाई ९-२१, २१-१९, २१ -१६ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरको प्रिन्सका प्रशिक्षक एवं मामा कमलेश निरौलाले जानकारी गराए । अव प्रिन्स र चन्दको जोडीले फाईनल प्रवेशका लागि इन्डोनेसियाका गलुह दुई पुत्र र जैनवा रिम सिराजसंग प्रतिपर्धा गर्नेछन्।
