जुनियर इन्टरनेसनल ब्याडमिन्टनमा प्रिन्सको स्वर्ण, फाइनलमा भारतका खेलाडी पराजित

नेपालका प्रिन्स दाहालले दुबईमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा स्वर्णपदक जितेका छन्।

दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा आइतबार सम्पन्न फाइनलमा प्रिन्सले प्रतियोगिताको शीर्ष वरीयता तथा विश्वको नवौं वरीयताका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक जितेका हुन्।

प्रिन्सले वरुणमाथि २१–१९ र २१–१९ को जित निकालेका थिए। प्रिन्सले सेमिफाइनलमा वसन्त कुमार राजेन्दरनलाई र क्वाटरफाइनलमा रोहन गुर्वानीलाई पराजित गरेका थिए। प्रिन्सले मिक्स डबल्समा सानिया चन्दसँग मिलेर रजतपदक हात पारे।

यस्तै, यु–१९ ब्वाइज डबल्समा नवहान नजिवसँग मिलेर रजतपदक हात पारेका थिए।

२०७६ भाद्र २९, आईतवार मा प्रकाशित