सन्दिपको बार्बाडोसले गायना अमेजनको सामना गर्दै

करेबियन प्रिमियर लिग अन्तर्गत सोमबार हुने खेलमा सन्दिप लामिछाने आबद्द बार्बेडोस ट्राइडेन्ट्सले गायना अमेजन वारियर्सको सामना गर्दै छ । खेल नेपाली समय अनुसार बार्बाडोसको घरेलु मैदानमा सोमबार बिहान ३:४५ बजे सुरु हुनेछ।

अहिलेसम्म लिग चरणमा ४ खेल खेलेको बार्बाडोसले २ खेलमा जित निकाल्दा २ खेलमा हार व्यहोरेको छ। उसले सेन्ट किट्स एण्ड नेविस प्यट्रियट्सलाई दोश्रो खेलमा १८ रनले र सेन्ट लुसिया जुक्सलाई चौथो खेलमा ७१ रनले पराजित गरेको थियो। त्यस्तै पहिलो खेलमा गायना अमेजन वारियर्ससँग ४७ रन तथा तेस्रो खेलमा जमैका तल्ल्वाहसँग ४ विकेटले पराजित भएको थियो।

टिमको पहिलो जितमा अघिल्लो संस्करण आफैले प्रतिनिधित्व गरेको सेन्ट किट्स बिरुद्द सन्दिपले उत्कृस्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बनेका थिए । उनले उक्त खेलमा ३ विकेट लिनेक्रममा २२ रन खर्चेका थिए ।

बार्डोबेस ४ अङ्क सहित चौथो स्थानमा रहेको छ। पहिलो स्थानमा अहिलेसम्म ५ खेलमा अपराजित रहेको गायना अमेजन वारियर्स रहेको छ। त्यस्तै ९ अङ्कसहित त्रिनबागो नाइट राइडर्स दोश्रो स्थानमा, सेन्ट किट्स ८ अङ्क सहित तेस्रो स्थानमा रहेका छन् ।सेन्ट लुसिया पाँचौ र जमैका अन्तिम स्थानमा रहेका छन् ।

सन्दिपको सम्भावना

सन्दिपले अहिलेसम्म लिग चरणका ४ खेल मध्ये सम्पूर्ण खेल खेलिसकेका छन् । टि खेलमा उनले ५ विकेट समेत आफ्नो नाममा गरिसकेका छन् । पहिलो खेलमा क्रिमले असर गरेपछि एक ओभरमात्र बलिंग गरेका उनले ५ रन मात्र खर्चेका थिए। दोश्रो खेलमा २२ रन खर्चेर ३ विकेट तथा तेस्रो खेलमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । चौथो खेलमा पनि उनले २९ रनमा १ विकेट लिए ।

Sandeep Lamichhane

सन्दिप आबद्द टिममा लेग स्पिन बलरको रुपमा अमेरिकाका लागि खेल्ने हायडेन वाल्स रहेका छन्। सन्दिप ४ खेल खेल्दा उनि मात्र २ खेल खेलेका छन्। उनले २ खेलमा ४ विकेट लिएका छन् । दुवै खेलाडी सहभागी भएको खेलममा सेन्ट किट्स बिरुद्द यु दुई खेलाडीले ५ विकेट लिएपछि बार्बाडोसले पहिलो जित निकालेको थियो ।

सन्दिपले अहिलेसम्म गरेको प्रदर्शन र उनको अन्तर्राष्ट्रिय लिगहरुको अनुभवलाई मध्यनजर गर्दा सन्दिप लामिछाने लगातार पाचौं पल्ट प्लेयिंग एघारमा पर्ने अधिक सम्भावना रहेको छ।

सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठ महिनामा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो।

२०७६ आश्विन ५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment