इन्डो–नेपाल स्ट्यान्डिङ क्रिकेट: भारतसँग नेपालको लगातार दोस्रो हार

अपाङ्गता भएकाहरुको इन्डो–नेपाल स्ट्यान्डिङ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। सोमबार भएको खेलमा भारतको स्ट्यान्डिङ टोलीले नेपाललाई ६ विकेटले पराजित गर्यो। आइतबार भएको पहिलो खेलमा पनि नेपाल ६१ रनले पराजित भएको थियो ।

सोमबार टस जितेर पवहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १२.५ ओभरमा अलआउट हुँदै ८४ रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दरसिंह डीसीले २० र प्रदीप रिजालले ११ रन बनाए । भारतका इमरान खान र नाजिरले दुई/दुई विकेट हात पारे ।

८५ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ९।५ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो । भारतका विभवले ३० तथा यादयुन्द्रर सिंहले २२ रन बनाए । नेपालका बलर मनोज थापाले तीन विकेट हात पारे । सोमबार भएको खेलको म्यान अफ दी म्याच भारतका विभव घोषित भए । तीन खेलको शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

२०७६ आश्विन ६, सोमबार मा प्रकाशित