गोजुकाइ कराते टोली फिलिपिन्स प्रस्थान

सातौं प्यासिफिक गोजुकाइ कराते प्रतियोगितामा सहभागी हुन १३ सदस्यीय नेपाल गोजुकाइ कराते डो संघको टोली सोमबार फिलिपिन्सको सिबु प्रस्थान गरेको छ ।

सेप्टेम्बर २६ देखि अक्टोबर १ तारिखसम्म हुने प्रतियोगितामा मनीष तामाङ र अनुरती कार्कीले प्रतिस्पर्धा गर्ने छन् ।

टिम प्रशिक्षकमा अच्यूतराज उप्रेती, टिम व्यवस्थापकमा अशुराज श्रेष्ठ, अफिसियलमा जंगबहादुर हमाल, जनार्दन उप्रेती, किशोर हेका, सुशीलराज उप्रेती, मनोजराज उप्रेती र अशोक पाण्डे तथा निर्णायकमा इन्द्रबहादुर शाही खड्गे, राकेश राजवंशी र सिर्जना दाहाल रहेका छन् ।

२०७६ आश्विन ६, सोमबार मा प्रकाशित