क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता बुधबारदेखि

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आगामी बुधबारदेखि क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता नदीपुर स्थीत छन्त्याल समाज घरमा हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रका गौरब’ भन्ने नाराका साथ आगामी ८ देखी ११ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको खेल संयोजक अनिल गुरुङले पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजार ५ सय ५५ प्रदान गरिने बताए । उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३३ हजार ५ सय ५५ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १३ हजार प्रदान गरिने बताए । उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित खसी र उपबिजेता टिमले बोका प्राप्त गर्नेछ । संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा (उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, क्वीकर, सर्भर, डिफेण्डर र उदीयमान खेलाडी) पुरस्कृत गरिने जानकारी दिदै पुरुष तर्फ दर्ता शुल्क रु ४ हजार ५ सय र महिला तर्फ २ हजार ५ सय तथा भेट्रान्स तर्फ ३ हजार निर्धारण गरिएको बताए ।

टिकट बाट संकलित शत प्रतिशत रकम मृगौला पिडित सुरज गुरुङलाई मुगौला प्रत्यारोपणका लािग सहयोग गरिने प्रशिक्षण केन्द्रका अध्यक्ष मनोज खड्काले बताए । प्रतियोगितामा पहिलो दिनको टिकट दर ५० र समापन समारोह (फाईनल खेल) मा १०० रुपैया निर्धारण गरिएको छ।

२०७६ आश्विन ६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment