मेस्सीले छैठौं पटक फिफा वर्ष खेलाडी घोषित , यस्तो छ टिम अफ द एअर

बार्सिलोना स्टार खेलाडी लियोनेल मेस्सी बेस्ट फिफा फुटबल अवार्डमा उत्कृस्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्। यस क्रममा उनले जुभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्गिल भान डीज्कलाई पछि पारे।

मेस्सी विश्वकै उत्कृस्ट चुनिएको यो छैठौं पटक हो। यस अघि उनले सन् २००९, २०१० , २०११ , २०१२ र २०१५ मा अवार्ड जितेका थिए।  रोनाल्डोले ५ पटक यो अवार्ड जितेका थिए।

३२ वर्षीय अर्जेन्टिनी खेलाडी मेस्सीले बर्सिनोलालाई लालिगा जिताउन तथा च्याम्पियन्स लिगको सेमीफाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए।

मेस्सीले २०१८/१९ सिजनमा कुल ५८ खेल खेल्दा ५४ गोल गरे। कुल ४ हजार ६ सय ४६ खेल मिनेट खेल्ने क्रममा उनले प्रत्येक ८६ मिनेटमा १ गोलको दरले गोल गरे। यस क्रममा उनले २० वटा एसिस्ट समेत गरे। यही अवधिमा क्रिस्टियानो रोनाल्डोले ४७ खेलमा ३१ गोल गरे।

यस्तै अमेरिकाकि महिला फुटबलर मेगान रापिनोएले उत्कृस्ट महिला फुटबलरको अवार्ड जितिन्।

मेस्सी उत्कृस्ट घोषित हुँदाको भिडियो 


लिभरपुलका म्यानेजर जुर्गें कलप कोच अफ द एअर चुनिए। उनको प्रशिक्षणमा टोटेनहमलाई २-० ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको थियो। यस्तै प्रिमियर लिगमा समेत लिभरपुलले ९७ अंक बटुल्दै दोश्रो स्थानमा अन्त्य गरेको थियो। क्लपले अवार्ड जित्न म्यानचेस्टर सिटिक पप ग्वारडीओला र टोटेनह्यामका माउरीसिओ पोचेटिनोलाई पछि पारे।

लिभरपुल गोल किपर एलिसनले उत्कृस्ट गोलकिपरको अवार्ड जिते जो ब्राजिलले कोपा अमेरिका घरेलु मैदानमा जित्दा पनि टिमका प्रमुख गोलकिपर रहेका थिए।

१८ वर्षीय ड्यानियल सोरीले उत्कृस्ट गोलको पुस्कास अवार्ड जिते जसले डेब्रेकनको लागि खेल्नेक्रममा फेरेन्भारोस बिरुद्ध ९३ औं मिनेटमे ओभरहेड किचमा गोल गरेका थिए। उनले यो विधामा मेस्सी, जवान क्विनटेरोलाई पछि पारे।

फिफा टिम अफ द एअर 

Goalkeeper – Alisson (Liverpool/Brazil)

Defenders – Matthijs de Ligt (Ajax and Juventus/Netherlands), Sergio Ramos (Real Madrid/Spain), Virgil van Dijk (Liverpool/Netherlands), Marcelo (Real Madrid/Brazil).

Midfielders – Luka Modric (Real Madrid/Croatia), Frenkie de Jong (Ajax and Barcelona/Netherlands), Eden Hazard (Chelsea and Real Madrid/Belgium)

Forwards – Kylian Mbappe (Paris St-Germain/France), Cristiano Ronaldo (Juventus/Portugal), Lionel Messi (Barcelona/Argentina)

२०७६ आश्विन ७, मंगलवार मा प्रकाशित