रग्वी टोली बुधबार जापान जाँदै

दोश्रो रग्वी एक्सचेन्ज कार्यक्रमअन्तर्गत शुभतारा इन्टरनेसनल स्कुल र बेलर एकेडेमीको यु–१४ उमेरसमूहको खेलाडी टोली बुधबार जापान प्रस्थान गर्दैछ ।

सेप्टेम्बर २६ देखि अक्टोबर १ तारिखसम्म हुने कार्यक्रममा डाछिम्बो शेर्पा, श्रनवरत्न तुलाधर, सारोन श्रेष्ठ, आभाष तामाङ, आर्यन केसी, सिजान्ड ढकाल, इथान जोशी, प्रशंसा कर्माचार्य, सस्मितज्यू ठकुरी, सुजल तुलाधर, अनन्त पाख्रिन र उत्कृष्ट शाक्य रहेका छन् ।

टोली नेतामा टंकराज गिरी, टिम व्यवस्थापकमा खेमनाथ तिम्सिना र प्रशिक्षकमा कृष्ण क्षेत्री छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

२०७६ आश्विन ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment