एकेडेमी क्रिकेट लिग : राशिदले उत्कृस्ट प्रदर्शन गर्दा स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज विजयी

काठमाण्डौको मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तरगत मंगलबार सम्पन्न खेलमा हिमालयन क्रिकेट एकेडेमीलाई रामारोशन क्रिकेट एकेडेमीले २ विकेटले तथा ज्ञान ज्योती क्रिकेट एकेडेमी दाङलाई स्वतन्त्र यूवा क्रिकेट एकेडेमी बिरगंजले ६ रनले पराजित गरेको छ ।

मंगलबार सम्पन्न पहिलो खेलमा रामारोशनले टस जितेर फिल्डिङ रोज्दै हिमालय लाई ब्याटिङ निम्तो दिएको थियो । निर्धारित १४ ओभरमा हिमालयले १० विकेट गुमाउदै ८३ रन बनाएको थियो । हिमालयका रिजन थापाले २३ रन र सुरज श्रेष्ठले १३ रन बनाएका थिए ।

बलिङतर्फ रामारोशनका सुनिल लोथयालले ३ ओभरमा १७ रन खर्चिदै ३ विकेट लिएका थिए भने बिक्रम थापाले २ , दिनेश अधिकारी र सुबोध ऐरले समान १/१ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको रामारोशनले १३.१ ओभरमा ८ बिकेट गुमाउदै ८४ रन बनाउदा खेल २ विकेटले विजयी भएको थियो । रामारोशनका ब्याट्सम्यान दिनेश अधिकारीले २१ रन र बिबेक केसीले २० रन बनाएका थिए ।

बलिङतर्फ हिमालयका संदिप खड्काले ३ विकेट तथा दिपेन्द्र ऐरी र रिजन थापाले समान २/२ विकेट लिएका थिए । खेलमा म्यान अफ दि म्याच रामारोशनका सुनिल लोथयाल घोषित भए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।

रासिद खानले उत्कृस्ट प्रदर्शन गर्दा स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज विजयी

मंगलबारै सम्पन्न दोस्रो खेलमा टस जितेर स्वतन्त्र युवाले ब्याटिङ रोज्दै १९ ओभरमा सम्पुर्ण बिकेट गुमाएर १०० रन बनाएको थियो । स्वतन्त्रका ब्याट्सम्यान सैफ अलि हवारीले २० रन, सन्तोष कार्की र एम डि सोनु अन्सारीले समान १७/१७ रन बनाएका थिए ।

बलिङतर्फ ज्ञान ज्योतीका रजनिश यादवले ३ विकेट लिए भने सिवन पुन, सोहन यादव र डब्लु मल्लीकले समान २/२ विकेट लिएका थिए । १०१ रनको विजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको ज्ञान ज्योतीले १९.४ ओभरमा सम्पुर्ण विकेट गुमाउदै ९४ रन बनाउदा ६ रनले खेल गुमाएको थियो र ज्ञान ज्योतीका सिवान पुनले २६ रन र भुवन गैरेले २२ रन बनाएका थिए ।

बलिङतर्फ स्वतन्त्रका राशिद खानले ४ ओभरमा १३ रन दिदै ३ विकेट र रुपेश सिंहले ४ ओभरमा १५ रन दिदै ३ विकेट लिएका थिए भने अफजल मन्सुरीले २ विकेट लिएका थिए ।

खेलमा म्यान अफ दि म्याच स्वतन्त्रका राशिद खान घोषित भएका थिए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।

२०७६ आश्विन ८, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment