क्यान केन्द्रिय साधारण सभा : बिभिन्न पदको लागि २९ मनोनयन दर्ता, अध्यक्षको लागि पाण्डे र चन्द भिड्ने

काठमाडौँमा जारि नेपाल क्रिकेट संघको विशेष केन्द्रीय साधारण सभा अन्तर्गत दोश्रो दिन मनोनयन दर्ता अन्तर्गत कुल २९ जनाले मनोनयन दर्ता गराएका छन्।

अध्यक्ष पदको लागि विनय राज पाण्डे र चतुर बहादुर चन्दले मनोनयन दर्ता गराएका छन्। यस्तै उपाध्यक्ष पदको लागि मिङ्मा डन्डु शेर्पा र राजबाबु श्रेष्ठ, सचिवको लागि अशोक नाथ प्याकुरेल र बिनोद कुमार मैनाली र कोषाध्यक्षका लागि रोशन कुमार सिंह र उपेन्द्र भट्टराईले मनोनयन दर्ता गराएका छन्।

यस्तै सदस्यहरुमा प्रदेश तर्फ लाक्पा लामा र कैलास बिस्ट ( प्रदेश १ ) , दाउद अन्सारी ( प्रदेश २ ) , कैलास प्रधान र अमितबिर पाण्डे ( प्रदेश ३ ) , ऋषिराम गौतम ( प्रदेश ४ ) , प्रशान्त बिक्रम मल्ल ( प्रदेश ५ ) , पदम खड्का ( प्रदेश ६ ) , बिक्रम बिस्ट ( प्रदेश ७ ) ले मनोनयन दर्ता गराएका छन्। अन्सारी, गौतम , खड्का र बिस्ट निर्बिरोध चयन भएका छन्।

 

यस्तै महिला तर्फ जयन्ति भट्ट र खुला तर्फ अर्जुन पौडेल, बिरेन्द्र चन्द, धिरेन्द्र साउद, दुर्गाराज पाठक, जगत टमाटा, करन क्षेत्री, माधव कर्माचार्य, नरेस राणा, पवन अग्रवाल, प्रफुल्ल बैद्य, संजय राज सिंहले उम्मेद्वारिय दर्ता गराएका छन्। महिलाबाट जयन्ति भट्ट निर्बिरोध चयन भईन ।

दोश्रो दिन कार्यतालिका अनुसार ११ बजे उम्मेदवारको नामावली प्रकासन गर्नेछ। ११ बजे देखि १२ बजे सम्म खाना खाने ब्रेक हुनेछ जसपछि १ देखि २:३० बजे सम्म मतदान हुनेछ। २:३० बजे बाट ३:३० बजे सम्म मत गणना हुनेछ जसपछि ३:४५ बजे नतिजा घोषणा गरिनेछ। ४ बजे पछि पद हस्तान्तरण कार्यक्रम हुनेछ।

निर्वाचनमा जिल्लाबाट १/१ जना गरि ३९ र प्रदेशबाट २० गरि ५९ जना मतदाताले भोट गर्नेछन् जसले संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत १७ सदसीय कार्यसमितिको चयन गर्नेछ। क्यानले नयाँ नेतृत्व पाएपछि अक्टोबर १३ ( असोज २६ ) मा बस्ने आईसीसीको बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्ने अपेक्षा रहेको छ।

दोश्रो दिनको कार्यतालिका

को-को छन् मतदाता  

अर्जुन पौडेल, इलाम
लाक्पा लामा, झापा
रोशन कुमार बुढाथोकी, मोरङ
कैलाश विष्ट, सुनसरी
शम्भु प्रसाद शर्मा, उदयपुर
मिङ्‍मा डुण्डु शेर्पा, प्रदेश १
मनोज कटुवाल, प्रदेश १
शिरिष उपाध्याय, प्रदेश १
पवनकुमार अग्रवाल, बारा
हिरा भगन, धनुषा
रोशनकुमार सिंह, महोत्तरी
दाउद अंसारी, पर्सा
पवनकुमार गुप्ता, रौतहट
आयुष श्रेष्ठ, सप्तरी
माधवकुमार कर्माचार्य, सर्लाही
सुनिलकुमार महासेठ, सिरहा
आकाश पाण्डेय, प्रदेश २
सुनिलकुमार शाह, प्रदेश २
मुर्तुजा हवारी, प्रदेश २
अनिलकुमार शर्मा, प्रदेश २
विनयराज पाण्डे, भक्तपुर
कैलाश प्रधान, चितवन
अमित वीर पाण्डे, काठमाडौं
नरेश राणा, ललितपुर
दिपेन्द्र ढकाल, मकवानपुर
उपेन्द्र भट्टराई, नुवाकोट
दुर्गाराज पाठक, प्रदेश ३
करन महतरा क्षेत्री, प्रदेश ३
प्रफुल्ल बैध, प्रदेश ३
संजय कान्त सिग्देल, कास्की
राजुबाबु श्रेष्ठ, नवलपुर
जगतबहादुर टमाटा, स्यांङजा
सुदिप शर्मा, तनहुँ
ऋषी राम गौतम, प्रदेश ४
प्रकाश पौडेल, प्रदेश ४
विनोद कुमार मैनाली, बाँके
अशोक नाथ प्याकुरेल, बर्दिया
प्रदिप मजगैया, दाङ
प्रकाश गैरै, कपिलवस्तु
कृष्णप्रसाद श्रेष्ठ, नवलपरासी
राजेश श्रेष्ठ, पाल्पा
प्रशान्त विक्रम मल्ल, रुपन्देही
पदमबहादुर खड्का, सुर्खेत
संजय गुरुङ, प्रदेश ५/६
संजय राज सिंह, प्रदेश ५/६
विनय राजभण्डारी, प्रदेश ५/६
श्रीधर केसी, प्रदेश ५/६
धिरेन्द्र साउद, अछाम
चतुरबहादुर चन्द, बैतडी
प्रविन्द्रबहादुर चन्द, कञ्चनपुर
बासुदेव जोशी, डडेल्धुरा
दिनेश सिंह, डोटी
जयन्ती भट्ट, दार्चुला
विक्रम विष्ट, कैलाली
हरि रेग्मी, प्रदेश ७
तेज प्रकाश भट्ट, प्रदेश ७
आशिष कुमार, प्रदेश ७
हरि प्रसाद उप्रेती, प्रदेश ७

पाण्डे र चतुर बीच प्रतिस्पर्धा, कसले जित्ला ?

क्यानको अध्यक्ष पदको लागि विजय राज पाण्डे र चतुर बहादुर चन्दले उम्मेदवारी दिएका छन्।

पाण्डे सन् २००६ देखि २०१० सम्म क्रिकेट संघको अध्यक्ष रहेका थिएभने त्यस अघि उनि संघको महासचिव रहेका थिए। ४० वर्ष क्यानमै विताएका पाण्डे अन्तर्राष्ट्रिय सम्बन्धमा बलियो मानिन्छन्। तर उनि अध्यक्ष रहंदा नेपाली क्रिकेटले भने उल्लेख्य प्रगति गर्न सकेको थिएन।

अर्कोतर्फ कांग्रेस निकट चन्द निलम्बित क्रिकेट संघको अध्यक्ष रहेका थिए जसलाई राखेपले मान्यता नदिंदै रमेश सिलवाललाई अध्यक्ष बनाएर क्यान पुनर्गठन गर्दा विवादको सुरुवात भएको थियो। चन्दले अध्यक्षको रुपमा काम भने गर्न पाएका छैनन् तर व्यक्तित्वको हिसावले उनि पनि ठुलो आशा गर्न लायक भने मानिदैनन्। तसर्थ क्रिकेट प्रेमीहरुले जो अध्यक्ष आएता पनि दुवैबाट ठुलो परिवर्तनको आशा भने राखेका छैनन्।

जिल्ला संघको निर्वाचन देखि सक्रिय रहेका चन्द समुह प्रारम्भिक आंकलनमा बलियो देखिएका छन्। तर विनय राज पाण्डेपनि प्रदेश-१ अध्यक्ष डन्डु शेर्पा, पुर्व उपाध्यक्ष मैनालीको साथ पाएको खण्डमा राम्रो चुनौती दिन सक्षम छन्। पाण्डे समुहलाई राखेप सदस्यसचिव रमेश सिलवालको पनि साथ रहेको छ।

के भन्छन् अध्यक्षका उम्मेदवार

चतुर बहादुर चन्द -“नेपाली क्रिकेटको अवस्था खस्किएको छ । मेरो नेतृत्व आयो भने क्रिकेटका गतिविधिमा पुनरागमन हुनेछ । अहिलेको अवस्थामा ग्रासरुट मात्रै हैन लगभग क्रिकेट मरेको अवस्थामा छ । निर्वाचित भए नयाँ ढंगले अघि बढ्नेछु ।”

विनय राज पाण्डे -“मेरो उम्मेदवारी क्रिकेट विकासको लागि हो। ४० वर्ष महासचिव र अध्यक्ष भइ बसेको ठाउँमा म फेरी किन जानु पर्ने। एउटै कारण भत्किएको क्रिकेट बनाउने हो। मेरो पक्षमा समर्थन कम होला तर अनुभव बढी छ।”

निलम्बन फुकुवा भए के हुन्छ

क्रिकेट संघ निलम्बित हुँदा नेपालमा घरेलु क्रिकेट प्रतियोगिता तथा बिभिन्न उमेर समुहका छनौट प्रतियोगिताहरु ठप्प जस्तै रहेको थियो। यस्तै नेपाली क्रिकेट टिमको छनौट समेत आईसीसीको रोहवरमा हुँदै आएको थियो। अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएता पनि बन्दसत्र सुरुवात गर्न समेत आईसीसीको अनुमति र मिति लिन जरुरि रहेको थियो। संघ आएको खण्डमा क्रिकेटको क्रिकेटको लथालिङ्ग अवस्था हट्दै क्रिकेट सिस्टममा आउनेछ।

संघ हुँदा आईसीसीले नेपाली क्रिकेटको विकासको लागि बजेट दिन पुनः सुचारु गर्नेछ। यसले ठप्प रहेको पूर्वाधार विकासको काम पनि सुरु हुनेछ। खेलाडीहरुले पनि नियमित अभ्यास, सुविधा, आर्थिक सुरक्षा पाउनेछन्। यस्तै लामो समयको लागि स्तरीय प्रशिक्षक समेत पाउनेछ। संघ हुँदा बन्ने छनौट समितिले हाल भइरहेको खेलाडी छनौटको विवाद पनि कम हुने विश्वास गर्न सकिन्छ।

तर अब आईसीसीले दिने वजेट नेपाल क्रिकेट संघको कार्यशैलीले निर्धारण गर्नेछ। पुरानै अपारदर्शीता र अकर्मण्यता देखाउने हो भने आईसीसीले फेरी निलम्बित गर्न सक्छ भने सोहि आधारमा वजेट समेत निर्धारण गर्नेछ।

कसरि भएको थियो निलम्बन

नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो। त्यस बेला नेपाल क्रिकेट संघले साधारणसभा गर्दै चतुरबहादुर चन्दलाई अध्यक्ष चुनेको थियो। त्यसलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिंदै परिषदले रमेश सिलवाललाई ( हाल राखेपको सदस्य सचिब ) अध्यक्ष बनाएर क्यानको अर्को तदर्थसमिति बनाएको थियो। उक्त तदर्थ समिति बिरुद्ध निर्वाचित क्रिकेट संघले २०७२ मङ्सिरमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि आईसीसीले राजनीतिक हस्तक्षेप र आर्थिक अपारदर्शीता जस्ता आरोप लगाउदै संघलाई निलम्बन गरेको थियो।

२०७६ आश्विन ११, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment