नेपालको अनुशाशित बलिंग , जिम्बाब्वेद्वारा नेपाललाई १६१ रनको लक्ष्य

सिंगापुरमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा टेस्ट रास्ट्र जिम्बाब्वे बिरुद्ध खेलीरहेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाउदै नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अघिल्लो खेल जस्तै जिम्बाब्वेको सुरुवात खराब रह्यो। सन्दिप लामिछानेले खेलको पहिलो ओभरमा ओपनर ब्रायन चरीलाई खाता नखोल्दै एलबिडब्लु धरापमा पारे। दोश्रो विकेटको लागि रेगिस चकाभा र पिटर मुरले २९ रनको साझेदारी गरे। सोमपालले गरेको चौथो ओभरको चौथो बलमा अन साइडमा ठुलो सट खेल्ने चक्करमा चकाभा ( ६ रन ) बोल्ड हुन पुगे। त्यस लगत्तै ओभरमा सन्दिपले आक्रामक ब्याटिंग गरिरहेका मुरलाई गुग्लीमा बोल्ड गरे। मुर्ले १२ बलमा १ चौका र २ छक्का मदतले २१ रन बनाए।

३८/३ ( ९.४ ओभर ) को अवस्थाबाट जिम्बाब्वेलाई कप्तान सिन विलियम्स र टिनोटेन्डा मुटुमबोड्जीले अघि बढाए। दुवैले चौथो विकेटको लागि ६० रनको साझेदारी गरे।

१३ औं ओभरमा सोमपाल कामिले मुटुमबोड्जीलाई एलबिडब्लु धरापमा पार्दै नेपाललाई खेलमा फर्काए। लगत्तै १४ औं ओभरमा कप्तान विलियम्सलाई पारस खड्काले बोल्ड गर्दै पाँचौ विकेट दिलाए। मुटुमबोड्जीले २० तथा विलियम्सले ५३ रन बनाए। उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

छैठौं विकेटको लागि रायन बर्ल र मुटुमबामीले ४४ रनको साझेदारी गर्दै योगफल १५० पार गराए। २० औं ओभरमा अविनाश बोहराले १७ रन बनाएका मुटुमबामीलाई क्याच आउट गराए। रायन बर्लले अविजित २८ रन बनाए जुन क्रममा २१ बलमा १ चौका र १ छक्का प्रहार गरे।

अन्तिमको ओभरमा अविनाश बोहराले किफायती बलिंग गरे। उनले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए। सन्दिप लामिछाने ( ४-०-२७-२ ) र  सोमपाल कामिले ( ४-०-१५-२ ) २/२ विकेट लिए। पारस खड्काले १ विकेट ( २-०-२६-१ ) लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ५ विकेटले पराजित गरेको थियो। यस्तै दोश्रो खेलमा सिंगापुरलाई नेपालले ९ विकेटले पराजित गरेको थियो। तेश्रो खेलमा सिंगापुरले जिम्बाब्वेलाई ४ रनले स्तब्ध पारेको थियो।

२०७६ आश्विन १४, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment