करन केसीले करियरकै उत्कृस्ट बलिंग गर्दा हंगकंग १२५ मा सिमित

ओमानमा जारि पाँच देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा हंगकंगसंग प्रतिस्पर्धा गरिरहेको छ। शनिवार देखि सुरु भएको प्रतियोगितामा आयोजक ओमान र नेपाल सहित, हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी रहेका छन्।

खेलमा करन केसीले टि-२० अन्तर्राष्ट्रिय करियरकै आफ्नो उत्कृस्ट बलिंग गर्दा टस हारेर पहिले ब्याटिंग गेरको हंगकंगले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको छ।

हंगकंगको लागि वकास बर्कारले सर्वाधिक ३७, किन्चित शाहले ३१ तथा निजकत खानले २३ रन बनाए। करनले हंगकंगआ दुवै ओपनर एहसान अब्बासी तथा निजाकत खानको विकेट लिए भए चौथो नम्बरका ब्याट्सम्यान शाहिद वासिफ र पाँचौ नम्बरका वकास वर्कातको गरि ४ महत्वपूर्ण विकेट लिए।

Karan KC ( File Photo )
Karan KC ( File Photo )

४ ओभर बलिंग गर्ने क्रममा करनले ३६ रन खर्चेर ४ विकेट लिए। हंगकंगका १ ब्याट्सम्यान रन आउट भए भने बाँकी १ विकेट अविनाश बोहराले लिए। अविनाश बोहराले खेलको १७ औं ओभरमा मात्र ३ रन तथा १९ औं ओभरमा मात्र ६ रन दिंदा हंगकंगले अन्तिमको ओभरमा विकेट रहेता पनि धेरै रन बनाउन सकेन।

करनको व्यक्तिगत उत्कृस्ट बलिंग 

टि-२० अन्तर्राष्ट्रियमा एकै इनिंगमा ४ विकेट लिने करन केसी मात्र तेश्रो बलर बनेका छन्। बसन्त रेग्मी र अविनाश बोहरा बाहेक टि-२० अन्तर्राष्ट्रियमा हालसम्म नेपाली बलरले एकै खेलमा ४ विकेट लिन सकेका थिएनन्। स्पेलको आधारमा करनको ४-०-३६-४ स्पेल तेश्रो उत्कृस्ट हो। बसन्त रेग्मीले हंगकंग बिरुद्ध २०१५ विश्वकप छनौटमा ४ विकेट लिन मात्र १६ रन खर्चिएका थिए जुन हालसम्मकै उत्कृस्ट स्पेल हो। यस्तै दोश्रो सर्वोत्कृष्ट स्पेल अविनाश बोहराको हो जसले सिंगापुर बिरुद्ध यसै वर्ष जुलाईमा ४ विकेट लिन ३५ रन खर्चिएका थिए। यस अघि करनको उत्कृस्ट बलिंग स्पेल मलेसिया बिरुद्ध ४-०-२७-३ थियो।

करन बने टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली बलर 

हंगकंगसंग ४ विकेट लिएसंगै करन नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। कुल २५ विकेट लिंदै संयुक्त रुपमा बसन्त रेग्मी, करन केसी र सोमपाल कामि पहिलो नम्बरमा रहेका छन्।

करनले १९ औं खेल खेल्दा २५ विकेट लिएका हुन् भने बसन्त रेग्मीले १८ तथा सोमपालले २५ खेल खेलेका छन्। १४ खेलमा २१ विकेट लिंदै सन्दिप लामिछाने दोश्रो तथा १२ खेलमा १४ विकेट लिंदै अविनाश बोहरा तेश्रो स्थानमा रहेका छन्।

२०७६ आश्विन १९, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment