टेस्ट राष्ट्र आयरल्याण्ड बिरुद्ध नेपालको राम्रो बलिंग प्रदर्शन, जित्न १४६ रनको लक्ष्य

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ।

प्रतियोगितामा नेपालले हंगकंग र नेदरल्याण्डलाई पराजित गरिसकेको छ। आयरल्याण्डले भने यस अघि खेलेको ३ खेलमा २ जित र १ हार बेहोरेको छ। उसले नेदरल्याड र हंगकंगलाई पराजित गरेको थियो भने ओमानसंग हार बेहोरेको थियो। आजको खेल जिते नेपालले सिरिज जित्ने सम्भावना मजबुत हुनेछ।

खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाउदै नेपाललाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आयरल्याण्डले ओपनर केभिन ओ ब्रायनलाई दोश्रो ओभरमा गुमाउन पुग्यो। ५ रन बनाएका उनलाई सन्दिप लामिछानेले क्याच आउट गराए।

Paul Stirling

दोश्रो विकेटको लागि अर्का ओपनर पल स्टरलिंगले एन्डी बाल्बर्नीसंग ८६ रनको साझेदारी गरे। २८ बलमा ५ चौका र १ छक्का मदतले ३८ रन बनाएका बालबर्नीलाई १२ औं ओभरमा ललित राजबंशीले स्टम्पिंग गराउदै नेपाललाई खेलमा फर्काए।

त्यसपछि भने आयरल्याण्डले लगातार विकेट गुमाउन पुग्यो। १२ औं ओभरमा मात्र १ रन बनाएका ह्यारी टेक्टलाई दिपेन्द्र ऐरीले रन आउट गरे। अविनाश बोहराले कप्तान ग्यारी विल्सनलाई ( ६ रन ) एलबिडब्लु धरापमा पारे। १६ औं ओभरमा मार्क अडेरलाई खाता नखोल्दै करन केसीले रन आउट गरे। लगत्तै पल स्टरलिंग पनि ठुलो सट खेल्ने चक्करमा क्याच आउट भए। उनले ४७ बलमा ६ चौका र २ छक्का मदतले ५९ रन बनाए।

९५/१ को स्थितिबाट आयरल्याण्ड ११३/६ को स्थितिमा पुग्यो। त्यसपछि पनि आयरल्याण्डको विकेट जाने क्रम रोकिएन। अन्तिम ओभरमा नवौं नम्बरका ब्याट्सम्यान स्टुवार्ट थम्पसनले ११ बलमा २ छक्का मदतले २१ रन बनाउदा उसले २० ओभरमा ८ विकेट गुमाएर १४५ रनको योगफल तयार गर्न सक्यो।

सन्दिप लामिछानेले २ विकेट लिए

नेपालको बलिंगमा सन्दिप लामिछाने ( ४-०-२१-२ ) , अविनाश बोहरा ( ४-०-२२-२ ) ले समान २/२ विकेट लिए। यस्तै ललित राजबंशी ( ४-०-२३-१ ) र करन केसीले ( ४-०-३८-१ ) १/१ विकेट लिए। सोमपाल कामि ३-०-२५-० ) र पारस खड्का ( १-०-१२-० ) विकेटविहिन रहे। आयरल्याण्डका २ जना ब्याट्सम्यान रन आउट भए।

२०७६ आश्विन २२, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment