नेपाललाई अन्तिम खेलमा ६ विकेटले पराजित गर्दै ओमानले ५ देश सम्मिलित टि-२० सिरिज जितेको छ। ओमानले सिरिज अन्तर्गत सबै ४ खेलमा जित हाँसिल गर्यो। ओमानले हंगकंगलाई ७ विकेटले, आयरल्याण्डलाई ४३ रनले तथा नेदरल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो।
नेपालले भने २ खेल मा जित र २ खेलमा हार बेहोर्दै अंकतालिकामा तेश्रो स्थानमा रह्यो। नेपालले पहिलो खेलमा हंगकंगलाई ४ विकेटले तथा दोश्रो खेलमा नेदरल्याण्डलाई ४ विकेटलेनै पराजित गरेको थियो। तेश्रो खेलमा आयरल्याण्डसंग नेपाल १३ रन ले पराजित भएको थियो।
नेपालको यो टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै बल बाँकी रहेको आधारमा दोश्रो ठुलो हार हो भने विकेटको आधारमा चौथो ठुलो हार। आयरल्याण्डले २०१५ विश्वकप छनौटअ नेपाललाई ७२ बल बाँकी छदै ८ विकेटले पराजित गरेको थियो जुन सबैभन्दा धेरै बल बाँकी छदै तथा विके बाँकि छदै नेपाल बिरुद्ध जित हो। बल अन्तरको आधारमा ओमानको यो इतिहासकै दोश्रो ठुलो जित हो। ओमानले यस अघि हंगकंगलिई २०१७ मा ५४ बल बाँकी छदा जितेको थियो।
खेलमा नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११.५ ओभरमा भेटायो। लक्ष्य पछ्याउने क्रममा एक समय पहिलो ४ विकेट २७ रनमै गुमाएको ओमानले त्यसपछि विकेट गुमाएन र सहजै खेल जित्यो।
२७/४ ( ७.३ ओभर ) को अवस्थाबाट चौथो नम्बरमा ब्याटिंग गरेका सुरज कुमारले विस्फोटक ब्याटिंग गर्दै ३० बलमा २ चौका र ३ छक्का मदतले ४२ रन बनाउदै टिमलाई जितसम्म पुर्याए। नेपालको बलिंगमा करन केसीले २ ( ३.५-०-२७-२ ) तथा सन्दिप लामिछाने ( ४-०-२३-१ ) र सोमपाल कामि ( २-०-७-१ ) ले १/१ विकेट लिए।
नेपालको इतिहासकै दोश्रो कम योगफल
यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ११ ओभरमा ६४ रनमै सम्पूर्ण विकेट गुमाएको थियो।
नेपालको ब्याटिंगमा आरिफ शेखले सर्वाधिक २० रन तथा दिपेन्द्र ऐरीले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। आरिफले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे।
पहिलो ओभरमा इशान पाण्डेले २ रन बनाएर आउट भए जसपछि पारस खड्का तेश्रो ओभरमा ५ रन बनाएर आउट भए। चौथो ओभरमा दिपेन्द्र ऐरी आउट भए जसपछि बिनोद भण्डारी ४, सन्दिप जोरा ० , सोमपाल कामि ८ , करन केसी ८, सन्दिप लामिछाने २ तथा अविनाश बोहरा २ रन बनाएर आउट भए।
नेपाललाई सानो योगफलमा समेट्न ओमानका देब्रे हाते स्पिनर अमिर कलिम एक्लैले ५ विकेट लिए। उनले ४ ओभरमा मात्र १५ रन खर्चिए। यस्तै बिलाल खानले २ विकेट ( २-०-१४-२ ) लिए जुन क्रममा इशान पाण्डे र पारस खड्कालाई आउट गरे। मोहम्मद नदीमले १ तथा खवर अलिले १ विकेट लिए।
टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नेपालको दोश्रो सबैभन्दा कम योगफल हो। यस अघि नेपाल सन् २०१५ को विश्वकप छनौटमा आयरल्याडसंग पहिले ब्याटिंग गर्दै मात्र ५३ रनमा समेटिन पुगेको थियो। ओमान बिरुद्ध नेपालले ११ ओभरमै सबै विकेट गुमायो जुन नेपालले खेलेको सबैभन्दा थोरै ओभर हो। आयरल्याण्डसंग नेपाल १४.३ ओभरमा अल-आउट भएको थियो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पनि मात्र ११ ओभरमा अल-आउट हुनु इतिहासकै चौथो छिटो हो।
नेपाल बिरुद्ध ५ विकेट लिने कलिम पहिलो बलर

नेपाललाई सानो योगफलमा समेट्न ओमानका देब्रे हाते स्पिनर अमिर कलिम एक्लैले ५ विकेट लिए। उनले ४ ओभरमा मात्र १५ रन खर्चिए। नेपाल बिरुद्ध कुनै पनि बिपक्षी टिमका बलरले लिएको यो सबैभन्दा धेरै विकेट तथा उत्कृस्ट बलिंग स्पेल हो। यस्तै कुनै पनि ओमान बलरले टि-२० अन्तर्राष्ट्रियमा ५ विकेट लिएको पनि यो पहिलो पटक हो। यस अघि कुनै पनि बलरले टि-२० अन्तर्राष्ट्रियमा नेपाल बिरुद्ध ५ विकेट लिन सकेका थिएनन्। हंगकंगका हसिब अमजद, नेदरल्याण्डका एहसान मालिक र सिंगापुरका विजयकुमारले यस अघि समान ४ विकेट लिएका थिए।