टिपिएल-३ तेस्रो दिन : शरदको बिस्फोटक अर्धशतक खेर, अनिल खरेलको ४ विकेट

२७ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा रुपन्देही पल्टन्स र मणिग्राम किङ्ग विजयी भएका छन । रुपन्देही पल्टन्सले लुम्बिनि साक्यान्लाई ५६ रन र मणिग्राम किंङ्सले रोयल शंकरनगरलाई ६७ रनले पराजित गरे ।

पहिलो खेल : रुपन्देही पल्टन्स Vs लुम्बिनि साक्यान

टस जितेर ब्याटिङ्ग रोजेको रुपन्देही पल्टन्स्ले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९६ रनको योगफल तयार पारेको थियो । पल्टन्स्का लागि बिराट भण्डारीले ६२ बलमा ६४ रन बनाउदा ८ चौका र ४ छक्का प्रहार गरेका थिए । यसैगरि नेपाली राष्ट्रिय टिमका उप कप्तान दिपेन्द्र सिंह ऐरीले अबिजित ४९ रनको योगदान गरे । उनले ४ चौका ६ छक्का प्रहार गरे ।

जितको लागि १ सय ९७ रनको लक्ष्य सहित ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यान १८ दशमलव १ ओभरमा १ सय ४० रनमा समेटियो । शाक्यानका लागि राष्ट्रिय खेलाडि शरद भेषावकरले ३२ बलमा ६० रनको योगदान गरे पनि अन्य ब्याट्सम्यानहरु चल्न सकेनन ।

रुपन्देही पल्टन्सका बिराट भण्डारी म्यान अफ द म्याच र  पल्टन्स्कै दिपेन्द्र सिंह ऐरी मष्ट भ्यालुएवल खेलाडी घोषित भए ।

दोश्रो खेल : मणिग्राम किंङ्स Vs रोयल शंकरनगर

मणिग्राम किङ्गले जितको लागी दिएको १३७ रन को लक्ष्य पछ्याएको रोयल शंकर नगर १७.३ ओभरमा ६९ रनमा समेटियो । मणिग्रामका अनिल खरेलले ४ विकेट लिए । त्यस्तै कृष्ण कार्की, अमर सिंह रौटेला र दुर्गेश गुप्ताले समान २/२ विकेट लिए ।

शंकर नगरका लागी राष्ट्रीय खेलाडी रोहित पौडेल र सौरभ खनालले समान ११/११ रन बनाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मणिग्राम किङ्गले १९.५ ओभरमा सबै विकेट गुमाएको थियो । उसका कृष्ण भुसालले सर्बाधिक २९ रन बनाए । त्यस्तै मनोज सुनारले २३ रन बनाए । रोयल शंकर नगरका दुर्गेश्व कुर्मिले ३ विकेट लिए ।

अनिल खरेल प्लेयार अफ द म्याच घोशित भए । २ विकेट लिदै १७ रन बनाएका दुर्गेश गुप्ता मोस्ट भ्यालुएबल खेलाडी घोशित भए ।

प्रतियोगितामा कुल १० टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेता टिमले ४ लाख तथा उप-विजेता टिमले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।

(फिचर फोटो: बुलेटिन नेपाल)

२०७६ आश्विन २७, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment