आइसीसीले गर्यो सर्त राख्दै क्यान निलम्बन फुकुवा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट सं‌घ क्यानको निलम्बन केहि सर्तहरु राख्दै फुकुवा गरेको छ । सर्तहरुको बारेमा भने केहि उल्लेख गरिएको छैन।

सन् २०१६ मा आन्तरिक बिबाद र भ्रष्टाचारमा मुछिएको भन्दै आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो। त्यसपछि आईसीसीकै रहोबरमा नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुदै आएको थियो।

आइसीसीकै रहोबरमा विधान संसोधन भएको थियो भने अहिले चतुर बहादुर चन्दको नेतृत्वमा गठित १७ सदस्यीय कार्यसमिति पनि चुनिएको छ।

आईसीसीको प्रेस बिज्ञप्तीमा अध्यक्ष शशांक मनोहरले भने, ‘नेपालमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसिएट सदस्यताको सबै मापदण्डहरु पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बनाइनेछ, जसमा नियन्त्रित फण्डिङ पनि हुनेछ ।’

यस्तै केहि समय अगाडी निलम्बनमा परेको टेस्ट राष्ट्र जिम्बाबेको पनि निलम्बन फुकुवा भएको छ। प्रतिबन्धमा परेपछि जिम्बाबेले टि-२० विश्वकप छनोट खेल्ने अवसर गुमाएको थियो।

नेपाल क्रिकेट संघ क्यानका अधक्ष्य चतुर बहादुर चन्दले पनि केहि समय अगाडी क्यान आइसीसीकै रोडम्यापमा अगाडी बढ्ने बताएका थिए।

उनले भनेका छन्, “आइसिसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने शर्त राखेको छ। हामी आइसिसीको शर्तमा रहेर काम गर्छौं। सम्पूर्ण क्रिकेटको विकासका जिम्मा प्रादेशीक क्रिकेटलाई दिन्छौं। नेपाल क्रिकेट संघले सुपरीवेक्षण र गतिविधिलाई सघाउनेछ।”

२०७६ आश्विन २७, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment