टेस्ट बरीयतामा स्मिथ र कोहलीको तिब्र प्रतिस्पर्धा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जारी गरेको पछिल्लो टेस्ट बारीयतामा अष्ट्रेलियाका स्टिव स्मिथ र भारतका कप्तान विराट कोहलीबीच तिब्र प्रतिस्पर्धा देखिएको छ ।

अहिले स्मिथको ९३७ रेटिङ्ग अंक रहेको छ भने कोहलीको ९३६ रेटिङ्ग अंक रहेको छ ।

भारत र दक्षिण अफ्रिकाबिच जारी टेस्ट सिरिजको दोश्रो खेलपछी सोमबार जारी गरिएको बारीयतामा विराट कोहलीले ३७ अंक प्राप्त गरे । उक्त खेलमा कोहलीले अविजित २५४ रन बनाएपछी भारतले एक पारी र १३७ रनको जित निकालेको थियो । यससँगै ३ खेलको सिरिजमा भारत ले २-० को अग्रता लिएको छ ।

कोहलीले ३३६ बल मा ३३ चौका र २ छक्का प्रहार गर्दै आफ्नो करियरको सातौ दोहोरो शतक हाने ।

शिर्ष  स्थानमा रहेका स्मिथले पछिल्लो पल्ट सेप्टेम्बरमा अन्तिम टेस्ट खेलेका थिए । उनले ६८ टेस्ट मा ६९७३ रन बनाएका छन जसमा २६ शतक सामेल छ । कोहलीले ८१ टेस्ट मा ७०५४ रन बनाउदा २६ शतक नै बनाएका छन ।

२०७६ आश्विन २८, मंगलवार मा प्रकाशित