“मैले हतारमा लिएको निर्णय होइन” पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफुले कप्तान छाड्ने निर्णय हतारमा नगरेको बताएका छन् । कप्तानबाट राजिनामा दिएपछि मिडियासंगको कुराकानीमा उनले यसबारे बताएका हुन् ।

यस्तै नयाँ क्यानले कप्तानी दिन तयार रहेपनि आफु कप्तानको रुपमा अब नेपाली क्रिकेटमा नफर्किने बताएका छन् । यधपी खेलाडीको रुपमा भने खेल्नेछन् ।

पारसले भने “मैले आफ्नो तर्फ़बाट सहि निर्णय गरेको छु, आफ्नो नजिकका मान्छेबाट सरसल्लाह गरेर यस निर्णयमा पुगेको छु । अब केहि समय आराम गर्न चाहन्छु । क्यान निलम्बनमा परेपछि कप्तान, छनोटकर्ता र आइसीसीसंगको समन्वय गर्दा धेरै जिम्मेवारी निर्वाह गरेको छु ।”

“कप्तान नभए पनि म टिममा परेको अवस्थामा अहिलेजस्तै र अझ बढी मिहिनेत गर्दै खेल्ने छु । मेरो सोच क्रिकेट खेल्ने नै थिएन । जब यु-१५ टिममा परे त्यसपछि बल्ल क्रिकेट सिरियस भएर खेल्न थालेको हुँ । क्रिकेटले मलाई जे जति दियो त्यसैले चिनाएको छ ।” उनले थपे ।

“नयाँ कप्तान देखेर कप्तानी छाडेको हैन । कप्तान कसलाई बनाउने भन्ने कुरा अब क्रिकेट संघको हातमा रहने छ । म कप्तान हुँदा पनि पहिले नै कप्तानको रुपमा तयार रहन भनिएको थिएन । जो आउँछ म हरेक तरिकाबाट सहयोग गर्न तयार छु । ” नयाँ कप्तानको बारेमा सोधिएको प्रश्नमा पारसले भने ।

“अब मेरो विचारमा कप्तान ज्ञानेन्द्र मल्ल हुनेछन र मलाई अरुको कप्तानीमा खेल्न कुनै समस्या हुनेछैन । पछिल्लो भ्रमणमा ज्ञानेन्द्र नभएको ले दिपेन्द्र ऐरीलाई उपकप्तान बनाईएको थियो” नयाँ कप्तान को भन्ने प्रश्नमा पारसले भने ।

२०७६ आश्विन २९, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment