टिपिएल ३ चौथो दिन: सन्दिप जोरा र कृष्ण कार्की म्यान अफ द म्याच

२८ असोज, बुटवल । प्रदेश स्तरको सबैभन्दा ठुलो धनरासीको क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको आज सम्पन्न खेलमा मणिग्राम किंगस् र तिनाउ टाईटन्स् बिजयि भएका छन ।

प्रतियोगिताको आज सम्पन्न पहिलो खेलमा तिनाउ टाइटन्स्ले लुम्बिनि शाक्यान्लाई ७ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यान्ले १ सय ३ रनको योगफल तयार गरेको थियो । १ सय ४ रनको बिजय लक्ष्य सहित ब्याटिङ्गमा उत्रेको तिनाउको जितका लागि रोशन थामिले ३३ र अजय कोसिल्याले ३८ रनको योदान गरेका थिए । शाक्यान्लाई झिनो रनमा रोक्ने क्रममा तिनाउका सुदन श्रेष्ठ र संदिप जोराले २/२ विकेट लिएका थिए ।

प्रतियोगितामा तिनाउ टाइटन्स्का संदिप जोराले म्यान अफ द म्याच म्याचको उपाधी जिते भने तिनाउकै अजय कौसल्या मष्ट भ्यालुएवल प्लेयर बने ।

प्रतियोगिता अन्तर्गत आजै सम्पन्न दोस्रो खेलमा मणिग्राम किंगस् ४ रनको झिनो अन्तरले विजयी भएको छ । मणिग्राम किंगस्ले दिएको १ सय ३३ रनको लक्ष्य पच्छाएको पाल्पाली लिजेन्टले पुरै ओभर खेल्दा १ सय २८ रनमा समेटिएपछि मणिग्राम किंग्सको जित सुनिष्चित भएको हो ।

मणिग्राम किंगस्का लागि सुनिल भण्डारी नट आउट ६८ रनको योगदान गरेका थिए । पाल्पाली लिजेन्टस्लाई हार चखाउन मणिग्रामका कृष्ण कार्कीले ४ ओभर बलिङ्ग गर्दै १२ रन खर्चेर ४ विकेटल लिएका थिए ।

प्रतियोगितामा मणिग्रामका कृष्ण कार्की म्यान अफ द म्याच बने भने सुनिल भण्डारी मष्ट भ्यालुएवल प्लेयर भए ।  प्रतियोगितामा राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेलमा रुपन्देही पल्टन्स्ले ज्ञानोदय गोल्डस्को सामना गर्नेछ भने दोस्रोमा पाल्पाली लिजेन्डस्ले एक्स्पर्ट रोयल शंकरनगरको सामना गर्ने खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए ।

२०७६ आश्विन २८, मंगलवार मा प्रकाशित