एसिड आक्रमणकी घाइते मुस्कानसंग पारसको भेट, भने मुस्कान सबैको लागि प्रेरणा हुन्

बिरगंजमा भदौ २० गते एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेट्न नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का अस्पताल पुगेका छन् । १५ बर्षीय खातुन एसिड आक्रमणपछि उपचारको लागि काठमान्डौ स्थित किर्तिपुर अस्पतालमा छिन ।

मुस्कानलाई भेटेपछि पारसले सामाजिक संजालमा लेख्दै उनि खुसि रहेको र सबैको लागि प्रेरणा भएको बताएका छन् । उनले लेखेका छन्, “उनि खुसि छन् र सबैको लागि प्रेरणा हुन् । उनि जसरि मुस्कुरईराहेकी छन् त्यसरी नै सधै भरि मुस्कुराउन भगवानले उनलाई सहास प्रदान गरुन् ।”

त्यस्तै पारसले यस्ता किसिमका क्रियाकलाप गर्नेहरु बिरुद्द सरकारले कडा कदम चालोस भन्ने सुझाब ब्यक्त गरे ।

कप्तान पारस संगै प्रशिक्षक उमेश पटवाल र खेलाडीहरु सोमपाल कामि र अभिनाश बोहरापनि अस्पताल पुगेका थिए । पारस खड्काले मंगलबार कप्तानीबाट राजिनामा दिएको घोषणा गरेपनि क्यानले अझै उनको राजिनामा स्वीकृत गरिसकेको छैन ।

मुस्कानलाई भेट्न यसअघि राजेश हमाल, राजु लामा जस्ता चर्चित व्यक्तिहरु पुगिसकेका छन् भने अमिताभ बच्चन, कृति सनोन जस्ता बलिवूड कलाकारले पनि सामाजिक संजाल मार्फत हौसला प्रदान गरेका छन् ।

२०७६ आश्विन २९, बुधबार मा प्रकाशित