टिपिएल ३ पाचौं दिन: रोहित पौडेलको अर्धशतक खेर, पाल्पाली लिजेण्ड सेमी नजिक

२९ असोज, बुटवल । सुबेन्दु पाण्डे र निर्मल थापाको १ सय १८ रनको साझेदारिको सहायताले पाल्पाली लिजेन्टस्ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा सेमिफाईनलमा दाबेदारि पेश गरेको छ । पाल्पाली लिजेन्टले लिगका ४ खेलमा ३ खेलमा बिजयी हुदै सेमिफाइनलमा दाबेदारी पेश गरेको हो ।

प्रतियोगिताको आज सम्पन्न खेलमा एक्पर्ट रोयल शंकरनगरलाई ७ विकेटले पराजित गरेको हो । शंकरनगरले दिएको १ सय ५२ रनको लक्ष्य पाल्पाली लिजेन्टस्ले आफ्नो अन्तिम ओभरको पहिलो बलमा ३ बिकेटको क्ष्यतिमा पुरा गरेको थियो ।

यस अघि ब्याटिङ्ग गरेका शंकरनगरका लागि रोहित कुमार पौडेलले सर्बाधिक ८५ रनको यागदान गर्दै बिपक्षि २ विकेट लिन सफल भएका थिए । प्रतियोगितामा पाल्पालीका सुबेन्दु पाण्डे म्यान अफ द म्याच र निर्मल थापा मष्ट भ्यालु प्लेयर बन्न सफल भए ।

यस अघि आजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्डस् बिजयी भएको छ । ज्ञानोदयले रुपन्देही पल्टन्स्लाई ६ विकेटले पराजित गरेको हो । यो संगै ज्ञानोदयले लिगमा दोस्रो जित हात पारेको छ ।

पहिले ब्याटिङ्ग गरेको रुपन्देही पल्टन्स्ले १६ दशमलव ३ ओभर खेलेर ७६ रनको योगफल तयार पारेका थिए । रुपन्देही पल्टन्स्का दिनेश मगरले १६ र दिपेन्द्र सिंह ऐरी १५ रन बनाए भने अन्य ब्याट्सम्यानहरु खासै चल्न सकेनन् ।
पल्टन्स्लाई सस्तैमा समेट्न ज्ञानोदयका दिवन पुनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए ।

७७ को लक्ष्यका साथै ब्याटिङ्ग थालेको रेन्बो ज्ञानोदय गोल्डस्ले १२ दशमलब १ ओभरमा ४ विकेटको क्ष्यतिमा लक्ष्य भेटेको थियो । ज्ञानोदयका सुनिल धमलाले ३९ र हरजित सिंहले २१ रनको योगदान गरेका थिए । प्रतियोगितामा ज्ञानोदयका दिवन पुन म्यान अफ द म्याच भए भने प्रतिष जिसि मष्ट भ्यालुएवल खेलाडी बने ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा बुटवल युनाइटेड र लुम्बिनि शाक्यान ग्ल्याडिएटर्सका बिच हुनेछ भने दोस्रो खेल मणिग्राम किंगस् र सुपर ११ भैरहबाका बिच हुनेछ ।

(श्रोत: बुलेटिन नेपाल)

२०७६ आश्विन २९, बुधबार मा प्रकाशित