सन्दिप टि-१० मा महँगो मूल्यमा अनुबन्धित

असोज ३०, बिहिबार । ग्लोबल आइकन सन्दिप लामिछाने टि-१० प्रतियोगिताको लागि अनुबन्धित भएका छन् । उनि बुधबार सम्पन्न ड्राफ्ट मार्फत युएईमा हुने प्रतियोगिताको लागि छनोट भएका हुन् ।

लगातार दोश्रो संस्करणको लागि छनोट भएका उनले ४५ हजार डलर प्राप्त गर्ने छन् । उनि कर्नाटका टस्कर्सबाट खेल्ने भएका हुन् । प्रतियोगिताको दोश्रो संस्करणमा सन्दिप इंग्ल्याण्डका कप्तान इयान मोर्गानले कप्तानी गरेको टिम केरेला नाइट्समा रहेका थिए । उनी ३० हजार डलरमा अनुबन्धित भएका थिए ।

टि१० प्रतियोगितामा सन्दिप सम्मिलित खेलाडी

सन्दिपको टिममा आइकन प्लेयरको रुपमा दक्षिण अफ्रिकाका हसिम अमला रहेका छन् । वेस्ट इन्डिजका मार्लन स्याम्युअल्स पनि टिममा छन् ।

यस्तै इङ्ल्याण्ड र वेल्समा आयोजना हुन लागेको द हण्ड्रेड प्रतियोगितामा पनि सन्दिप लामिछानेको नाम ड्राफ्टमा रहेको बताईएको छ । यस प्रतियोगिताको ड्राफ्ट अक्टोबर २० मा हुनेछ ।

२०७६ आश्विन ३०, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment