ऋतु कनौजियाको अलराउण्ड प्रदर्शन, चितवनसँग ललितपुरको लज्जास्पद हार

ऋतु कनौजियाले अलराउन्ड प्रदर्शन गरेपछि वुमन्स प्रिमियर लिग अन्तर्गत तेस्रो दिनको दोश्रो खेलमा चितवन राइनोजले ललितपुर फ़ाल्कन्सलाई ८९ रनले पराजित गर्यो । (स्कोरकार्ड)

चितवनलाई प्रतियोगिताको दोश्रो जित दिलाउन कनौजियाले ५५ बलमा अविजित ५८ रन र बलिङ्गतर्फ़ ४ ओभरमा १० रन खर्चेर २ विकेट लिईन । यो प्रतियोगिताको तेस्रो अर्धशतक हो । यसअघि रुबिना क्षेत्री र ज्योति पाण्डेले दोश्रो दिन अर्धशतक बनाएका थिए । (अंकतालिका)

चितवनले दिएको १३६ रनको लक्ष्य पछ्याएको ललितपुर १७।१ ओभरमा मात्र ४६ रनमा समेटियो । उसका लागि कप्तान नेरी थापाले सर्बाधिक १७ रन बनाइन । चितवनको लागि कबिता गौतमले १६ रन खर्चेर ३ विकेट तथा रेखा रावल र सुमन खतिवडाले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको चितवनले ३ विकेट गुमाएर १३५ रन बनाएको थियो । ऋतु कनौजियाले अर्धशतक साथै प्यारी न्यौपानेको अविजित २२ रन बनाए । ललितपुरकी कप्तान नेरी थापाले २ विकेट लिईन ।

२०७६ कार्तिक १, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment