कोहलीलाई आराम, रोहितको कप्तानीमा भारतीय टिमको घोषणा

बंगलादेश बिरुद्दको टि-२० सिरिजको लागि भारतले कप्तान विराट कोहलीलाई आराम दिएको छ । उनको अनुपस्थितिमा नियमित उपकप्तान रहेका रोहित शर्माले कप्तानी गर्नेछन् । कोहलीले पछिल्लो समय तिनै फर्म्याटका क्रिकेट लगातार खेलेकोले कार्य विभाजन गर्दै खेलाडीलाई तन्दुरुस्त राख्न आराम दिएको हो ।

भारतले घरेलु भूमिमा नोभेम्बर ३ देखि सुरु हुने ३ खेलको टि-२० सिरिजको लागि विकेटकिपर सन्जु सामसनलाई पनि मौका दिएको छ । सामसनले यसै सिजनको विजय हजारे ट्रफीमा गोवा बिरुद्दको खेलमा दोहोरो शतक बनाएका थिए । यस्तै आइपिएलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेञ्जर्स बैंगलोरमा रहेका अलराउण्डर शिवम दुबेले पहिलोपल्ट राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

त्यसलगत्तै हुने २ खेलको टेस्ट सिरिजको लागि भने विराट कोहली कप्तानको रुपमा फिर्ता आउनेछन । टि-२० सिरिज पछि भारतले वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गतको टेस्ट सिरिज खेल्दैछ । टेस्ट टिममा भर्खरै दक्षिण अफ्रिका बिरुद्दको सिरिजमा प्रतिनिधित्व गरेको टिम घोषणा गरिएको छ । दक्षिण अफ्रिका बिरुद्दको तेस्रो टेस्टमा डेब्यु गरेका देब्रे हाते लेग स्पिनर शबाज नदीमलाई मौका दिएको छैन । उनि कुलदीप यादव घाइते भएपछी टिममा परेका थिए ।

टि-२० सिरिजको लागि: रोहित शर्मा (कप्तान), शिखर धावन, लोकेश राहुल, सन्जु सामसन, श्रेयस इएर, मनिष पाण्डे, रिशभ पन्त (विकेटकिपर), वाशिंगटन सुन्दर, क्रुनाल पान्ड्या, युज्वेन्द्र चहल, राहुल चाहर, दीपक चाहर, खलील अहमद, शिवम दुबे, शार्दुल ठाकुर

टेस्ट सिरिजको लागि: विराट कोहली (कप्तान), रोहित शर्मा, मयंक अगर्वाल, चेतेश्वर पुजारा, अजिंक्या रहाने, हनुमा विहारी, रिद्धिमान साह (विकेटकिपर), रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, कुलदीप यादव, मोहम्मद शामी, उमेश यादव, इशान्त शर्मा, शुब्मन गिल, रिशभ पन्त

२०७६ कार्तिक ८, शुक्रबार मा प्रकाशित